भारतीय दूतावासमा मोर्चा नेताहरुले के-के गरे ?
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal

0 comments
Write Down Your Responses