मधेसी मोर्चाका नेताको दिल्ली भ्रमण रोक्ने भारतीय विदेश मन्त्रीको तयारी
शनिबार, १९ मंसिरकाठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh
0 comments
Write Down Your Responses