मधेसी मोर्चाले नयाँ चरणको आन्दोलन गर्ने निर्णय
शनिबार, १५ फागुन
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ चरणको आन्दोलन गर्ने जनाएको छ ।
मधेसी मोर्चाको शनिबार बसेको बैठकले आफनो आन्दोलन जारी रहेकोले अब आन्दोलनलाई थप ससक्त बनाउदै लैजाने निर्णय गरेको हाे  ।
बैठकले थपिएका ३ दललाई समिटेर सचिवालय विस्तार समेत गरेको छ भने भोली मोर्चाको सचिवालयको बैठक बसेर नयाँ आन्दोलनको तयारी गर्ने मोर्चाले निणर्य गरेको छ ।
मोर्चाले प्रधानमन्त्रीको केपीशर्मा ओलीको भारत भ्रमण पुर्ण रुपमा असफल भएको निष्कर्ष  समेत लिकालेको छ ।
अब मोर्चाले ११ बुँदे माग सम्बोधन लगायतको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने  समेत  जनाएकेा छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses