वेपत्ता विमान तदारुकतासाथ खोज्न प्रधानमन्त्री ओलीको निर्देशन
१२ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको म्याग्दीबाट हराइरहेको विमानको खोजी तदारुकताका साथ गर्न प्रशासनलाई निर्देशन दिएका छन् ।

६ दिने भारत भ्रमणको अन्तिम मुम्बइमा रहेका प्रधानमन्त्रीले फोन गरेर यस्तो निर्देशन दिएका हुन् ।




प्रधानमन्त्रीले विमानसँगै वेपत्ता भएका यात्रुका परिवारलाई धैर्य धारण गर्न पनि विशेष आग्रह गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

आज (बुधबार) विहान विमान पौने आठ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको नाइन एनएचएच ट्वीनअटर सम्पर्कविहिन छ । विमान म्याग्दीको रुप्सेमा दुर्घट्ना हुन पुगेको स्थानीय बासीले बताएका छन् । यद्यपी यसको पुष्टी हुन बाँकि छ ।

नेपालमा विमान दुर्घटनाको इतिहासः ४३ वर्षमा १५ ठूला दुर्घटना

विमान सम्पर्कविहिन हुनु अघि पाइलटको सन्देश

विश्कै सबैभन्दा असुरक्षित सूचीमा थियो तारा एयर

विमान दुर्घटना अघि ठूलो आवाज आयो – स्थानीयबासी

स्थानीय बासीले विमान डाँडामा ठोक्किएर दुर्घटना भएको बताएका छन् । विमान दुर्घटना हुनु अघि ठूलो आवाज सुनिएको र आगोको मुस्लो देखिएको स्थानीयले टेलिफोनमा जानकारी दिएका हुन् । घट्नास्थलमा प्रहरी पुगिसकेको छैन । खराव मौषमका कारण हेलिकोप्टर पनि जान सकेको छैन ।

nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses