आफैं चढेको बसले किचेर बागलुङमा चित्रबहादुरको ज्यान गयो
बुधबार, १२ फागुनबागलुङ । बसले किच्दा बागलुङको हरिचौर–८ का चित्रबहादुर कँडेलको ज्यान गएको छ । काठमाडौँंदेखि बुर्तिवाङ हिंडेको ना।४ख ८४३४ नम्बरको बसले बुधबार बिहान कँडेललाई किचेको हो ।
मादकपदार्थ सेवन गर्नुभएका कँडेल माथिबाट एक्कासि लड्दा बसको पछाडि परेको प्रहरीले जनाएको छ । बसको पछाडिको टायरले टाउकोमा किचेका कारण कँडेलको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।
बसका चालक हरिचौरका विष्णु पुनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । घटनास्थल हटिया गाविसस्थित मध्यपहाडी लोकमार्गमा पर्छ । रासस
nepalsandesh
0 comments
Write Down Your Responses