पाँच महिनासम्म नाकाबन्दी लगाएको भारतले नेपालबारे गर्‍यो अर्काे घोषणा
काठमाडौ, १० फागुन । पाँच महिनासम्म नाकाबन्दी लगाएको भारतले नेपाललाई फकाउन अर्काे घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका बेला दिल्लीमा भारत सरकारका एक जना मन्त्रीले नेपाललाई फकाउन चिल्लो भाषण गरेका हुन् । उनी हुन् भारतका उर्जा राज्यमन्त्री पियूस गोयल ।
आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा उनले नेपालको उर्जा संकट समाधान गर्न ६ महिनामा होईन तीन महिनाभित्रै ६०० मेघावाट विद्युत दिन तयार रहेको बताएको दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले जानकारी दिए ।
मन्त्री गोयलले तत्काल प्रशारण लाईनको क्षमता बढाएर नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन । उनले भारतीय कम्पनीहरुले निर्माण गर्न लागेको माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना तत्काल अघि बढाउने भन्दै उनीहरुलाई समय तोकेर नै निर्माण कार्य अघि बढाउन निर्देशन दिने बताएका थिए । उनले पञ्चेश्वर जलविद्युत आयोजना पनि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
गोयलले जलविद्युतको क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको समेत भेटवार्तामा स्पष्ट पारेका थिए ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses