तीन महिनासम्म मलेसियाको जेलमा बसेर फर्किए यी १० जना नेपाली कामदार
क्वालालम्पुर, १५ फागुन । मलेसियाका बिभिन्न ४ वटा घरफिर्ती केन्द्रमा रहेका १० जना नेपाली कामदार स्वदेश फर्किएका छन् ।घर फर्किएकाहरुलाई यहांस्थित क्लाङ व्यवसायी समिति लगायत अन्य नेपाली एव मलेसियन संघ संस्थाले आर्थिक् सहयोग गरेको मलेसियास्थित नेपाली राजदूताबासले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
अवैधानिक तरिकाले काम गरेको अबस्थामा प्रहरीको फन्दामा परि ३ महिना जेल सजाय भुक्तान गरी घरफिर्ती केन्द्रमा पठाइएकाहरुलाई सहयोगदाताहरुले घर फर्कनका लागि एकतर्फी हवाई टिकटको ब्यबस्था गरीदिएका हुन् । घर फर्किएकाहरु को–को हुन उनीहरुको नाम भने राजदूताबासले खुलाएको छैन ।
नेपाली राजदूताबासले जारी गरेको विज्ञप्तिमा काजाङ घरफिर्ती केन्द्रका २ जना, जोहोर घरफिर्ती केन्द्रका ७ जना र मलक्का घरफिर्ती केन्द्रका १ जनालाइ नेपाल फर्कने ब्यबस्था मिलाइएको हो ।
मलेसियाको कानुन अनुसार बिदेशी अवैधानिक कामदार समातिएको खन्डमा अनिबार्य तीन महिना जेल बस्नुपर्ने हुन्छ । जेल सजाय पाइसकेकाहरु घरफिर्ती केन्द्रमा सारिन्छन् । घरफिर्ती केन्द्रमा पुगेकाहरु एकतर्फी हवाइ टिकट काटेर घर फर्कन सक्दछन् । एकतर्फी हवाइ टिकट काट्न नसक्नेहरु लामो समयसम्म त्यत्तिकै सोहि केन्द्रमा थन्किन पनि बध्य हुनुपर्छन् । उनीहरुलाइ त्यो बेला आफन्त, साथिभाई वा बिभिन्न संघसंस्थाको सहयोग आवश्यक पर्दछ ।
त्यस्तै गत बर्ष यता सम्म बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा बिभिन्न घरफिर्ती केन्द्रबाट ४ सय ४१ नेपालीहरुलाई घर फर्काइएको नेपाली राजदुतावासले जानकारी दिएको छ ।
यस्तै, राजदूताबासले अघिल्लो महिना सार्बजनिक गरेको एक तथ्याक अनुसार मलेसियाका बिभिन्न जेलमा गरी २ सय ५९ जना नेपाली रहेका छन् । मलेसियाका बिभिन्न ठाउंमा रहेका घरफिर्ती केन्द्रमा पनि ३ सय ७५ जना नेपाली छन् । जेल र घरफिर्ती केन्द्रमा गरि कूल ६ सय ३४ छन । जस मध्यका घरफिर्ती केन्द्रमा भएका १० जनालाइ घर फर्काइएको हो ।
बाकी रहेका घरफिर्ती केन्द्रका नेपालीहरुलाई पनि नेपाल फर्काउने तयारी भईरहेको राजदुतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । घरफिर्ती केन्द्रमा रहेका र एकतर्फि हवाइ टिकट काट्न सक्ने अबस्था नभएकाहरुलाई टिकट उपलब्ध गराई सहयोग गर्ने संघसंस्थाप्रति राजदूताबासले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।
अवैधानिक कामदारलाइ मलेसिया सरकारले अहिले ब्यापकरुपमा धरपकट गरीरहेको हुनाले जेल पर्नेको सख्या अझै बढेको हुन सक्ने अनुमान गरीएको छ । यता मलेसियाका घरफिर्ती केन्द्रबाट नेपाली शुन्यमा झार्ने राजदूताबासले लक्ष्य छ ।
dainiknepal
0 comments
Write Down Your Responses