बाबुरामलाई प्रचण्डको चुनौती: गोरखामा चुनाव जितेर देखाऊ
गोरखा, १५ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखामा भव्य स्वागत गरिएको छ ।शनिबार शहिद दिवसका अवसरमा बाबुराम भट्टराईको गृहजिल्ला गोरखा पुगेका प्रचण्डलाई चोकचोकमा भव्य स्वागत गरिएको हो । बाबुराम हाल एमाओवादीमा छैनन् तर, उनको गृहजिल्लामा उनले भन्दा बढी स्वागत र सम्मान प्रचण्डले पाएका छन् ।
प्रचण्ड र बाबुरामबीच आरोप प्रत्यारोप उत्कर्षमा पुगेका बेला प्रचण्ड बाबुरामको किल्लालाई आफ्नो पक्षमा पार्ने र बाबुरामको आधार इलाका भत्काउन गोरखा पुगेका हुन् । जहाँ उनलाई एमाओवादी र स्थानीय जनताले स्वागत गरे ।
राजधानीमा बाबुरामलाई देशद्रोहीको संज्ञा दिएका प्रचण्डले उनकै गृहजिल्लामा पनि आक्रमण गर्न बाँकी राखेनन् । ‘हजारौको बलिदानीबाट बनेको पार्टीले उहाँलाई गोरखाबाट चुनावमा उठायो, तपाईहरुले जिताउनु भयो’ प्रचण्डले भने ‘तर उहाँले राष्ट्र र जनता अप्ठेरोमा परेका बेला तपाईहरुलाई नसोधेर सांसद र पार्टीबाट राजीनामा दिनुभयो, यो धोका हो ।’
प्रचण्डले कार्यक्रमम सोझै बाबुरामलाई धोकेबाज भनेन् तर उनले ‘जनतालाई धोका दिने ब्यक्तिलाई के संज्ञा दिइन्छ ? तपाईहरु आफु बुझ्नुस्’ भन्दै जनताबाटै धाकेबाज भन्न लगाए ।
एमाओवादी र गोरखाका जनताले बाबुरामलाई प्रधानमन्त्री समेत बनाएको बताए । ‘तर उहाँले पार्टी र तपाई जनताहरुलाई धोका दिएर जानु भयो’ प्रचण्डले भने ‘त्यसको जवाफ बाबुरामजीलाई दिनुहोला ।’
उनले विनाशकारी भूकम्पले जनजिवन पूर्णरुपमा प्रभावित पारेका बेला जनप्रतिनिधीले राजीनामा दिनु गलत भएको समेत बताए ।
dainiknepal

0 comments
Write Down Your Responses