भारत भ्रमण पछि प्रधानमन्त्रीको पहिलो सार्वजनिक सम्बोधन, आज भैरहवा जादैँ
१४ फागुन, भैरहवा।नेकपा एमालेको जनताको संविधान जनताको माझमा भन्ने अभियानकालागी आज प्रधानमन्त्री केपी शर्माओली रुपन्देहीको भैरहवा जाने भएका छन् ।
प्रधानमन्त्री ओली भैरहवाको सिद्धार्थ रंगशालामा नेकपा एमालेको लुम्बिनी अञ्चल कमीटीको आयोजनामा हुने जनसभामा सहभागी हुने बताईएको छ ।
भारत भ्रमणपछिको प्रधानमन्त्रीको पहिलो सार्वजनिक सम्बोधन भएकोले यसलाई बिशेष महत्वका साथ हेरिएको छ । कार्यक्रममा एमालेले लुम्बिनी अञ्चलका एकलाख बढी कार्यकर्ता उतार्ने बताएको छ । जसका लागि २ करोड खर्च हुने बताईएको छ ।
१२ बजेवाट शुरु हुने सभामा एमालेका ईश्वर पोखरेल, घनश्याम भुषाल, बिष्णु पौडेल लगायतका नेताहरु समेत कार्यक्रममा सहभागी हुनेछन् ।nepaliheadlines
0 comments
Write Down Your Responses