इन्धनमा पूर्णनिर्भर बनाएर हैकम जमाउन पाइपलाइनमा हतार गर्दैछ भारत
काठमाण्डु, १६ फागुन– वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको इन्धन नेपाललाई बिक्री गर्ने आइओसीका लागि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन दीर्घकालीन महत्वको परियोजना हो । अर्कातिर नेपालको इन्धन बजारमा आइओसीको एकाधिकार छ ।पाइपलाइन निर्माण भएपछि कम्तीमा १५ वर्षसम्म आइओसीबाटै इन्धन खरिद गर्नुपर्ने सर्त नेपालले पालना गर्नुपर्छ । कम ढुवानी लागत, बिनाझन्झट ढुवानी, भन्सार जाँचपासमा सजिलोलगायतका कारण पाइपलाइन पाएपछि नेपालले जतिसक्दो धेरै इन्धन रक्सौल डिपोबाटै उठाउनेछ । उक्त अवधिसम्म नेपाललाई आइओसीले इन्धनमा बेचेर प्रचुर नाफा मात्रै कमाउने लक्ष्य नलिए पनि उसले इन्धनमा नेपाललाई पूर्ण रूपमा भारततर्फ निर्भर बनाउँदै छ ।
नेपालतर्फको सीमा नजिकमा आइओसीले तेलका भण्डारण गृह थप्दै छ । नजिकै डिपो पाएपछि नेपालले आइओसीबाटै खरिद गर्ने र नेपालको इन्धन बजारमा आइआसीले दीर्घकालसम्म एकाधिकार कायम राख्न खोजिरहेको छ ।
kathmandutoday
0 comments
Write Down Your Responses