बिहे भएको एक वर्ष नबित्दै आत्महत्या
महोत्तरी – बिहे भएको एक वर्ष दुई दिन नबित्दै महोत्तरीको बर्दिवास नगरपालिका–२ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।गत वर्ष फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएकी स्थानीय विमलेन्द्रकुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले शनिबार राति आत्महत्या गरेकी बर्दिवासस्थित भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताए ।
घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
सर्लाहीको वसन्तपुर बगिया–१ मा माइतीमा रहँदै आएकी ती महिलाले आत्महत्या गरेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताए ।
श्रीमान्सँगै तल्लोकोठामा राति सुतेकी मोनिता बिहान माथिल्लो कोठामा झुन्डिएको अवस्थामा फेला परेको परिवारजनको भनाइ छ ।
ratopati
0 comments
Write Down Your Responses