दिल्लीबाट प्रधानमन्त्रीको फोन पर्यटनमन्त्रीलाई:‘विमान खोजीकार्य छिटो गर्नु’
काठमाडौ.,फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन विमान खोजीकार्य जतिसक्दो छिटो गर्न निर्देशन दिएका छन् ।भारतको राजकीय भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री आनन्दप्रसाद पोखरेललाई टेलिफोन सम्पर्क गरी जतिसक्दो छिटो विमान खोजी कार्य गर्न निर्देशन दिएका हुन ।
प्रधानमन्त्रीले आफूलाई टेलिफोन गरी युद्धस्तरमा सम्पर्कबिहीन विमानको खोजी गर्न निर्देशन दिनभएका मन्त्री पोखरेलले जानकारी दिए ।
केही समयअघि जहाज म्याग्दीको दाना गाविस–२ सोलेघोप्टे भीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाले उद्धार कार्य जतिसक्दो छिटो गर्नका लागि सम्बन्धित निकार्यमा सुरक्षा निकाय परिचान भइसकेको समेत उनले जानकारी दिए ।
आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको सम्पर्क बिहीन भएको तारा एयरको जहाज दानाको सोलीघोप्टे भीरमा दुर्घटना भएको हो । विमानमा चालक दलका तीन सदस्यसहित २३ जना यात्रु थिए । रासस
0 comments
Write Down Your Responses