ग्यास सहज हुन अझै तीन महिना लाग्ने
१४ फागुन, काठमाडौं ।नाकाबन्दी खुलेपछि ग्यास सहज हुन्छ भन्ने ठानेका उपभोक्तालाई ‘माछो माछो भ्यागुतो’ भएको छ । सर्वसाधारणले ग्यास अभाव अझै केही महिना झेल्नु पर्ने भएको छ ।
करिब पाँच महिना लामो नाकाबन्दी झेलेका सर्वसाधारणले माघको अन्तिम साता नाका खुलेपछि ग्यासमै खाना पकाएर खान पाइने ठानेका थिए ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे भन्छन्, ‘दैनिक एक हजार मेट्रिक टन ग्यासको माग रहेकोमा आइओसीबाट भने दैनिक ६६६ टन हाराहारीमा ग्यास आइरहेको छ । भरी सिलिन्डर ग्यास बाँड्ने भन्दैमा अइओसीले दिने लोड बढ्दैन ।’
महिनामा अहिले २० हजार चार सय मेट्रिक टन ग्यास आयात भइरहेको छ । तर माग ३० हजार मेट्रिट टन छ । यस्तामो ग्यास सहज हुन सक्दैन ।
व्यवसायीहरुले केही समय माग भन्दा बढी आयात गरेमा अभाव हट्ने बताएका छन् । नागरिक दैनिकमा खबर छ ।nepaliheadlines
0 comments
Write Down Your Responses