सरकार छोड्ने तयारीमा राप्रपा
१७ फागुन, काठमाडों ।सत्ताको प्रमुख घटक एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले आगामी चैतभित्र नेपाली कांग्रेसको नेतृत्वमा मधेसी दलसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुने बताइरहेका बेला सरकारको अर्को घटक राप्रपाले पनि सरकारबाट बाहिरिने तयारी गरेको छ ।
दुईजना मन्त्री दिइने भनिए पनि एकजना मन्त्रीसहित दुई महिनाअघि एक राप्रपाबाट एकजनालाई सरकारमा सामेल गरिएको थियो । वाणिज्य र श्रम मन्त्रालयका साथ राप्रपाका सहमहामन्त्री दिपक बोहोरा सरकारमा सामेल छन् ।
यी दुईमध्ये एउटा मन्त्रालयको जिम्मेवारीका साथ आफ्ना छोरा जयन्त चन्दलाई मन्त्री बनाउन अध्यक्ष लोकेन्द्रबहादुर चन्दले निकै अघिदेखि प्रधानमन्त्री केपी ओलीलाई दबाव दिँदै आएका थिए ।
निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाले समेत प्रधानमन्त्री ओलीलाई भेटेर चन्दलाई तत्काल मन्त्री बनाउन आग्रह गरेका थिए । तर सुनुवाई नभएपछि सरकारबाट फिर्ता हुने कुरामा अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष राणाबीच सहमति भएको छ ।
समाचार स्रोतका अनुसार नेपाली कांग्रेसको महाधिवेशन सकिएलगत्तै राप्रपाको केन्द्रीय समितिको बैठक बस्नेछ र उक्त बैठकले सरकारबाट आफ्नो पार्टी बाहिरिने निर्णय गर्नेछ ।
यो निर्णय गराउन अध्यक्ष चन्द र निवर्तमान अध्यक्ष राणाले केन्द्रीय सदस्यहरुलाई छुट्टाछुट्टै भेटघाट गरिरहेका छन् । तरुण साप्ताहिकमा खबर छ ।
nepaliheadlines
0 comments
Write Down Your Responses