वैदेशिक रोजगारमा एजेन्ट व्यवस्था खारेज
काठमाडौं – वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने भएको छ । म्यानपावर कम्पनीलाई कामदार उपलब्ध गराउने एजेन्टको व्यवस्था खारेज गर्न लागिएको हो । एजेन्टले ग्रामीण क्षेत्रबाट कामदार ल्याएर म्यानपावर कम्पनीलाई उपलव्ध गराउने काम गर्दै आएका थिए । एजेन्टका कारण कामदारको लागत बढेको ब्यापक गुनासो आउन थालेपछि हटाउने निर्णय गरिएको व्यवसायीले जानकारी दिएका छन् ।
एजेन्टले भने बैधानिकलाई हटाएर अबैध तरिकाबाट कामदार लिने षडयन्त्र गर्न लागिएको दाबी गरेका । एजेन्ट हटाउने निर्णय फिर्ता नलिइए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
सरकारले खाडी र मलेसियामा निःुल्क कामदार पठाउने व्यवस्था गरेपछि खर्च घटाउन एजेन्टको भूमिका समाप्त पार्न लागिएको व्यवसायीले बताएका छन् । एजेन्टलाई मोटो रकम दिनुपर्ने तथा उनीहरुले कामदारसँग पनि थप रकम लिँदा लागत बढेको मेनपावर व्यवसायीको दाबी छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
ratopati
0 comments
Write Down Your Responses