पूर्वराजा अचानक दिल्ली आउँदै, गोप्य सहमती हुने सम्भावना
९ फागुन, काठमाडौं ।शुक्रबार ६ दिने भ्रमणका लागि भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली भारतमै भएको मौका छोपी थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक दिल्ली आउने भएका छन् ।
थाइल्याण्डमा केही साता अघि गएका पूर्वराजा शाह कसैलाई जानकारी नै नदिई गोप्य रुपमा आज(आइतबार) नै दिल्ली आउन लागेको स्रोतको दावी छ । ज्ञानेन्द्र दिल्ली आए पनि भारतीय उच्च अधिकारी र नेपालका प्रधानमन्त्री बाहेक कसैलाई जानकारी नहुने बताइएको छ ।
शाह दिल्ली आएर गोप्य राजनैतिक भेटघाट गरी थाइल्याण्ड नै फर्किने कार्यक्रम रहेको छ ।
पूर्वराजाले पटक–पटक सार्वजनिक रुपमै दलहरुबीचमा विगतमा भएको सहमती कार्यान्वयनको माग गर्दै आएका छन् । भारतले नेपालसँगको सम्बन्ध सुधारको बहानामा ओलीलाई उच्च सम्मान गर्दै गोप्य सहमती गर्न खोजेको हुन सक्ने धेरैले आंकलन गरेका छन् ।
शाहले दरबार छाड्दा भएको सहमति कार्यान्वयनको बारम्बार आवाज उठाइरहनु र भारतले ओलीलाई उच्च सम्मान दिँदै पूर्वराजालाई बोलाएर गोप्य सहमति गर्न लागेको हुन सक्ने स्रोतले समेत दावी गरेको छ ।
पूर्वराजालाई भारतमै बोलाएर कुनै विषयमा गोप्य सहमती गराउने भारतको लक्ष्य हुन सक्ने सबैको आंशका छ ।nepaliheadlines
0 comments
Write Down Your Responses