विमान दुर्घटनामा ज्यान गुमाउने पाइलट पूर्वमन्त्रीका छोरा
काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जोमसोम जानेक्रममा शुक्रबार कालिकोटमा भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा निधन भएका को–पाइलट सन्तोष राना पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाको छोरा भएको खुलेको छ ।कान्छा सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए । रानाले अमेरिकामा तालिम लिएर २०७१ सालमा उडानको लाइसेन्स लिएका थिए । २०७२ साल बैशाखदेखि उनी काष्ठमाण्डप एयरमा कार्यरत थिए । २७ वर्षीय अविवाहित रानाको घर पाल्पा हो ।
पूर्वमन्त्री रानाका जेठा छोरा भने ब्रिटिस लाहुरेमा कार्यरत छन् । रानाले जहाज दुर्घटनाबारे संचारमाध्यममा समाचार आएपछि थाहा पाएको बताएका छन् ।
लामा दुर्घटनापछि नेपालगंज नै प्रस्थान गरेका छन् । जहाज दुर्घटनामा डोल्पा द्दर भएका पाइलट दिनेश न्यौपानेको पनि मृत्यु भएको छ ।
dainiknepal
0 comments
Write Down Your Responses