वीरगञ्जबाट फेरि आयो दुःखद खबर !
काठमाडौं, १६ फागुन । नाकाबन्दी हटेको २३ दिन वितिसक्दा पनि वीरगन्ज भन्सार पूर्वावस्थामा फर्कन सकेको छैन ।वीरगन्ज भन्सारलाई लिएर आयातकर्तालाई अझै पनि त्रास कायमै रहेकाले पूर्ववस्थामा नाका सञ्चालन हुन नसकेको वीरगन्ज भन्सार प्रवक्ता सुशील शर्माले बताए ।
नाका फेरी बन्द हुन्छ कि भन्ने आशंकामा आयातकर्ता रहेको वीरगन्ज प्रवक्ता शर्माले बताए ।
राजश्व असुलीमा सर्वाधिक योगदान रहने सवारी साधनका आयातकर्ता अहिलेसम्म् यो नाकामा नफर्केको शर्माले बताए ।
‘यो नाकाबाट आयातहुने करिब ४० प्रतिशत सवारी साधान भैरहवाबाट भित्रन थालेका छन्, उनले भने, ‘बन्दमा भैरहवा गएका आयतकर्ता यता र्फकन चाहेका छैनन् ।’ कारोबार दैनिकमा समाचार छ ।
dainiknepal
0 comments
Write Down Your Responses