आन्दोलन जारी छ, राजनीतिक संयन्त्रमा जाँदैनौं : ठाकुर
काठमाडौं, फागुन ८ । तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको आन्दोलन अझै जारी रहेको दाबी गरेका छन् ।

रिपोटर्स् क्लबले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले आन्दोलनको स्वरुपमात्रै बदलिएको र विभिन्न स्थानमा विरोधका कार्यक्रमहरु जारी रहेको बताए ।

तराईमा अझैपनि प्रहरीले गिरफ्तार गर्ने काम गरिरहेको भन्दै ठाकुरले राज्यले मधेसीका एजेन्डालाई अन्यत्र मोड्ने प्रयास गरेको आरोप लगाए ।

सरकारले गठन गरेको राजनीतिक संयन्त्रमा आफूहरु नजाने उनको भनाइ थियो । imagekhabar
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses