धमाधम विमान दुर्घटना हुन थालेपछि सरकारले चाल्यो कडा कदम, मन्त्री चिन्तित
काठमाडौं, १४ फागुन । सन २०१५ मा एउटा पनि विमान दुर्घटना नभएको नेपालमा २०१६ को सुरुआतसँगै धमाधम विमान दुर्घटना हुन थालेपछि सरकारले चिन्ता व्यक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल दिन विराई लगातार भएको दुई विमान दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । साथै उनले अब विमान कम्पनीहरुमाथि सरकारले कडा कदम चाल्ने जानकारी गराएका छन् ।
कालिकोटमा शुक्रबार दिउँसो काष्ठमण्डप एयरको विमान दुर्घटना भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले अबदेखि सिंगल इन्जिन जहाजलाई यात्रु बोक्न रोक लगाएको जानकारी दिए ।
आज दुर्घटना भएको काष्ठमण्डप एयरको विमान पनि सिंगल इन्जिन भएको विमान हो । उक्त विमान दुर्घटनामा परेलगत्तै मन्त्री पोखरेलले यात्रु नबोक्न निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले भने– ‘प्राविधिक रिपोर्ट नआएसम्म सिंगल इन्जिन जहाजलाई यात्रु नबोक्न निर्देशन दिएको छु ।’
यसअघि युरोपेली युनियनले नेपालको आकाश र हवाई प्रणालीमा प्रश्न उठाउँदै प्रतिबन्ध लगाएको थियो । जून अहिलेपनि यथावथ छ । जसका कारण नेपाल वायु सेवा निगमको जहाज युरोपमा उड्न पाउँदैन् ।
dainiknepal
0 comments
Write Down Your Responses