आज र भोलि टोकियोमा अमेरिका जाने विधि वारे सेमिनार हुँदै
टोकियो । जापानको मुख्य शहरहरू टोकियो, ओशाका, नागोया फुकुओका, तोचिगी र गुम्मामा सफल सेमिनार सम्पन्न गरेको सुर्य कर्पोरेसनले आज र भोलि फेरी टोकियोमा सेमिनार गर्ने जनाएको छ ।टोकियोमा अधिक माग र चापका कारण तेस्रो चरणको सेमिनार गर्न लागेको सुर्य कर्पोरेसन निर्देशक बासुदेब लामिछानेले जानकारी दिएका छन ।
उक्त सेमिनारमा सहभागी भएका मध्ये केहीले अमेरिकाको भिषा पाई सकेका छन भने केहि प्रक्रियामा रहेको उनले बताए ।
कर्पोरेसन भिसा प्रक्रियाको लागि सम्पूर्ण कागजपत्र बनाउने प्रक्रियामा प्रोफेसनल्ली सहयोग समेत गर्दै अाएकाे छ ।
यसैगरी सुर्य कर्पोरेसनले थुप्रै आकर्षक प्याकेज सहित वेबसाईट लन्च गर्ने तयारीमा रहेको र मार्चको पहिलो साताबाट टोकियोको कार्यालयबाट पनि सेवा लिन सक्ने लामिछानेले बताए ।
जापान वा स्वदेशबाट स्नातक तहको पढाई पुरा गरेकाहरुलाई जापानमा कामको लागि स्युस्योकु भिजा दिलाउने कार्य गर्दै आईरहेको कर्पोरेसनले यसपाली टुरिस्ट, बिजनेस र स्टुडेन्ट भिजामा अमेरिका जाने प्रक्रियाका लागि जापानको विभिन्न मुख्य शहरहरूमा गर्ने सेमिनारको प्रवेश शुल्क भने १ हजार तय गरेको छ ।
nepalsandesh
0 comments
Write Down Your Responses