नेपालीको सगुन डटकमलाई अमेरिकी प्रमाणपत्र, अब विश्वभर सेयर कारोबारको तयारी
काठमाडौं, फागुन १६ । फेसबुक जस्तै सेवा सुविधा भएको सोसल कमर्श साइट सगुन डटकम को परिस्कृत भर्सन सुरु गरेको छ । सगुन २.१ डेस्कटप र मोबाइल वेव भर्सनमा उपलव्ध रहेको छ ।नयाँ भर्सनसँगै सगुनले मिनी आईपिओमा जान स्वीकृति पाएको छ । यस कार्यले यस बर्ष सर्वसाधारण तथा अन्य लगानीकर्ताबाट २० मिलियन डलरको सेयर स्वीकार गरी लगानी गर्ने सोच बनाएको छ ।
सगुन भर्सन २.१ सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत गोबिन्द गिरीले भने ‘सगुनलाई नयाँ चरणमा लैजान मिनी आईपीओमा जाने प्रयास स्वरुप अमेरिकी निकायले प्रमाणपत्र प्रदान गरेको छ ।’
मिनी आईपीओ प्राप्त गरेपश्चात् अब सगुनको सेयर खरिदमा विश्वभरिका प्रत्येक नागरिकले लगानी गर्न पाउने भएका छन् । मिनी आईपीओ प्राप्त गरेपश्चात विशेषगरी अमेरिकन र क्यानडाका नागरिकले विस्तारित अवस्थामा रहेका कम्पनीमा लगानी गर्न पाउने गिरीले जानकारी दिए ।
उनका अनुसार सगुनजस्ता सामाजिक सञ्जाललाई आईपीओ प्राप्त गर्नको लागि त्यहाँ रहेका बैंक तथा वित्तीय संस्थाले मान्यता प्रदान गर्नुपर्छ । सगुनलाई अहिलेसम्म चारवटा बैंक तथा वित्तीय संस्थाले आईपीओ प्रदान गरिसकेका छन् ।
सगुनको २.१ मोवाइल भर्सन स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सहज हुने बताइएको छ । परिस्कृत डेस्कटप र मोबाइल भर्सनमा अहिले भएको भन्दा केही नयाँ र थप सुविधा थपिएको छ । डेस्कटप भर्सन र मोबाइल भर्सन प्रयोगकर्ताहरुको सहज प्रयोगलाई ध्यानमा दिएर तयार गरिएको सगुनको दावी छ ।
परिस्कृत डेस्कटप भर्सन र मोबाइल वेभ भर्सन सगुन प्रयोगकर्ताहरुकै सुझाव र प्रतिक्रियापछि तयार पारिएको संस्थापक गोबिन्द्र गिरीले जानकारी दिएका छन् । ‘प्रयोगकर्ताहरुको सल्लाह, सुझाव एवं प्रतिक्रियाका आधारमा सगुन टीमले उत्कृष्ट मोबाइल वेब बनाउन सक्षम भएको छ,’ उनले भने ।
सगुनको मोवाइल एप्प पनि चाँडै सार्वजनिक हुने गिरीले जानकारी दिए । सगुन २.० मा रहेका दिनहुँ गर्ने क्रियाकलापलाई व्यवस्थित गर्ने माई डे, आफ्नो मुड सेट गर्ने र कुराकानी गर्ने मुड टक र आफ्नो खुल्ला तथा गोप्य कुरा राख्ने ओपन सेक्रेट लगायतका विशेषताहरुमा केही नयाँ विशेषताहरु थपिएको जानकारी दिदै सगुनका जनसर्पक तथा मेडिया प्रमुख अजयबाबु शिवाकोटीले बताए ।
सगुन डटकमको परिस्कृत भर्सनमा पुराना कतिपय कमिकमजोरी र गल्ति हटाइएको छ, पहिलाको भन्दा छिटो खुल्ने, सगुनको परिस्कृत भर्सनमा हेल्प सेन्टरको व्यवस्था, सगुन र कम्पनीको पेज पनि सगुनको परिस्कृत भर्सनमा समेटिएको बताइएको छ ।
imagekhabar
0 comments
Write Down Your Responses