बढ्न थाल्यो सुनको भाउ
काठमाडौं – केही दिनदेखि सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । शुक्रबार सुनको भाउ बढेर ५६ हजार ६ सय रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा भाउ उच्च भएकाले त्यसको असर यहाँ परेको व्यवसायी बताउँछन् । सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार शुक्रबार प्रतितोला छापावाल सुन ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि २०७० चैतमा ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
युरोको तुलनामा अमेरिकी डलर मजबुत हुन नसक्दा पनि बजारमा असर परेको व्यवसायीको भनाइ रहेको आज प्रकाशित कान्तिपुर दैनिकले लेखेको छ.
nepaliheadlines
0 comments
Write Down Your Responses