नेपाली कांग्रेस भित्र नयाँ गुटहरुको जन्म
आइतबार, १६ फागुननेपाली कांग्रेसको महाधिवेशनले कांग्रेसलाइ एकधिक्का वनाउन मद्दत गर्ला ? नयाँ गुटवन्दी र फुटको विजारोपण हुने त होइन ?
विजय केसी । नेपाली कांगे्रसको महाधिवेशन नजिकिंदै गर्दा यस भित्र नेतृत्वका लागि प्रतिस्पर्दा तीब्र भएको छ । नयाँ नयाँ गुटहरु बन्ने र वनाउने प्रकृया पनि शुरु भएको छ ।
कांग्रेस भित्रको संस्थापन पक्ष र देउवा पक्ष भनेर दुई गुट घोषित रुपमा रहिआएकोमा अब नयाँ नयाँ गुटहरुले जन्म लिएको स्पष्ट देखिंदैछ ।
संस्थापन पक्ष भित्र नै सबैको सहमतिमा एक मात्र सभापतिका उम्मेदवार नरहने करिव करिव पक्का भैसकेको छ ।
संस्थापन पक्ष भित्र सर्व सम्मत उम्मेदवार वन्न नसकेको स्थितिले गर्दा रामचन्द्र पौडेल समूह, सिटौला समूह, सुजाता समूह गरेर तीन समूह बन्ने र तीन वटैले चुनावमा प्रतिस्पर्दा गर्ने स्थिति आउन लागेको देखिन्छ ।
रामचन्द्र पौडेलले प्रकाशमान सिंहलाई उपसभापतिमा र शसांक कोइरालालाइ महामन्त्रीमा राखेर अधि वढ्न खोजेको देखिन्छ । तर सिटौला तथा सुजाताको टिम प्रष्ट रुपमा आएको छैन । सिटौलाले गगन थापालाई महामन्त्रीमा राख्न खोजेको समाचार पनि आएका छन् तर आधिकारीक रुपमा उनले वोलेका छैनन् ।
अहिले संस्थापन पक्षमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, सुजाता कोइराला, शसांक कोइराला, शेखर कोइराला, रामशरण महतका गुटहरु बन्न थालेको देखिएको छ । नयाँ युवाहरुमा गगन थापाको गुट पनि बन्न थालेको देखिन्छ ।
संस्थापन पक्ष भनिएका यी गुटहरुको समीकरण, स्थिरता र एक अर्कामा हुने सम्मिलनले नेपाली कांग्रेसको आगामी राजनीति धेरै प्रभावित हुनेछ ।
देउवा पक्ष भित्र पनि खुम वहादुर खडकाको अलग गुट पहिले देखि नै रहेको छ । विमलेन्द्र निधिको पनि क्रमश अलग गुट बन्दै जाने निश्चित छ ।
अहिले सभापतिमा संस्थापन पक्षवाट एक मात्र उम्मेदवार नवन्ने स्थितिमा पनि देउवाले ५१ प्रतिशत भन्दा वढी मत नल्याउने मूल्यांकन संस्थापन पक्षका सिटौला र प्रकाशमानहरुले गरेकाछन् । त्यस स्थितिमा पहिलो चरणको मतदानवाट कसैले पनि विजय प्राप्त नगर्ने र दोश्रो चरणको मतदानमा संस्थापन पक्षका सवभन्दा धेरै मत ल्याउनेलाइ अरुले सहयोग गर्ने भद्र सहमति(जेन्टलम्यान एग्रीमेन्ट) भएको उनीहरुको भनाइ छ ।
यदि यस्तो भयो भने संस्थापन पक्षकै उम्मेदवारले सभापति पदमा दोश्रो मतदानमा विजय प्राप्त गर्ने हुन सक्दछ । तर संस्थापन पक्षको कमजोरीका कारण देउवा पक्षले पहिलो चरण मै विजय प्राप्त गरे भने संस्थापन पक्ष छिन्न भिन्न हुन जाने पनि हुन सक्दछ ।
आगामी केही दिन भित्र नै सबैले आ आफ्नो उम्मेदवारी घोषणा गर्नेछन् । पदाधिकारीहरुको साथै केन्द्रिय सदश्यहरुको पनि उम्मेदवारी घोषणा पछि नेपाली कांग्रेसको महाधिवेशनको तापमान माथि पुग्नेछ ।
तर नयाँ गुटहरुको जन्म र नयाँ नयाँ समिकरणहरुले महाधिवेशन पछिको नेपाली कांग्रेसलाई कमजोर वनाउन पनि सक्ने सम्भावना कांग्रेसजनहरुको चिन्ताको विषय वनेको छ ।
कथंकदाचिन यी नयाँ पुराना गुटहरु विचको प्रतिस्पर्दा अस्वस्थ वन्न थाल्यो भने र आपसी घात अन्तरघातका नयाँ श्रृंखला शुरु भए भने नेपाली राजनीतिमा वामपन्थीहरुको कब्जा लम्विनेछ ।
nepalsandesh
0 comments
Write Down Your Responses