भारतले नेपालबाट तराई टुक्रयाउन चाहन्छ : सांसद सुवाल
काठमाडौं, फागुन १० । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवलले मधेसी मोर्चाको आन्दोलन भारतको निर्देशनमा भएको दावी गरेका छन् ।उनले भारतको नेपालबाट तराई टुक्रयाउने योजना अनुरुप तराईमा आन्दोलन भएको बताएका छन् । उनले, 'सामन्ती र जमिन्दारहरुले मधेसमा आन्दोलन चर्काएको बताए ।
मोर्चाको नेतृत्वमा सामन्तीहरु रहेको बताउदै उनले भने - तराईका गरीब नेपालीका बारेमा मोर्चाको कुनै चिन्ता छैन् । तराईमा मानिसहरु भोकै नाङ्गै मरिरहेका छन् त्यसका बारेमा मोर्चा मौन छ ।'
सांसद सुवालले 'भारतको इसारामा कांगे्रस , एमाले र एमाओवादीले संविधान संशोधन गरेको बताएका छन् । संविधान संशोधन गर्नु नै गलत भएको उनले जिकिर गरे ।' 'तराई टुक्रयाउन खोज्नेहरुलाई संविधान संशोधन गरेर अझ सजिलो बनाइदिएको उनको दावी छ ।'
सोमबार ईमेज एफएमसंग कुरा गर्दै भक्तपुरका सांसद सुवालले कांग्रेस , एमाले र एमाओवादीले पुजीपतिकालागि राजनीति गरेका कारण गरीब नागरिकका सुखका दिन नआउने बताएका छन् । 'सरकारमा जानु भनेकै लुट्नका लागि हो यसकारण देश लुट्न हामी सरकारमा जादैनौ उनले भने ।'
imagekhabar
0 comments
Write Down Your Responses