चित्रबहादुर केसी पुनः राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चयन
सोमबार, १० फागुन
काठमाडौं । चित्रबहादुर केसी पुनः राष्ट्रिय जनमोर्चाको अध्यक्षमा निर्वाचित भएका छन् ।
बुटबलमा सम्पन्न मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनले उपाध्यक्षमा रश्मीराज नेपाली, दूर्गा पौडेल र बद्री आलमलाई निर्वाचित गरेको छ ।
यसैगरी महासचिवमा जनकराज शर्मा, सचिवमा हिमाल पुरी र कोषाध्यक्षमा ओमबहादुर केसी निर्वाचित भएका छन् ।
राष्ट्रिय सम्मेलनले ३१ पूर्ण, ६ बैकल्पिक र ६ जना सल्लाहकारसहितको केन्द्रीय समिति समेत चयन गरेको छ ।
सम्मेलनमा वर्तमान सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा विवाद भएको थियो । सरकारमा बसिरहने विषयमा एकमत नभएपछि भएको निर्वाचनमा सरकारमा बस्ने पक्षमा २६३ र विपक्षमा १७ मत परेको थियो ।
सरकारका काम कारबाही प्रभावकारी नभएको भन्दै सरकारमा बसिरहनुको अर्थ नरहेको प्रतिनिधिहरुले आवाज उठाएपछि त्यसको निर्णय गर्न भएको मतदानमा ५२ जनाले भने भाग लिएनन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले वर्तमान सरकारमा उपप्रधान तथा सहकारी मन्त्रीका रुपमा प्रतिनिधित्व गरिरहेका छन् ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses