संसदीय दलको नेता बनाउने पौडेलको प्रस्ताव सिटौलाद्धारा अस्वीकार
काठमाडौं, १६ फागुन । महामन्त्री कृष्णप्रसाद सिटौलालाई संसदीय दलको नेतामा आश्वासन दिँदा पनि सभापति पदको दावेदारी नछोडेपछि कार्यबहाक सभापति रामचन्द्र पौडेल तनावमा परेका छन् । शनिवार कार्यबहाक सभापति पौडेलले संसदीय दलको नेता बनाउने आश्वासन सिटौलालाई दिएका थिए । तर सिटौलाले पौडेलको प्रस्ताव अस्वीकार गरेका छन् । ‘मेरो उम्मेद्धारी सभापतिमा हुन्छ, त्यसका लागि मैले धेरै गृहकार्य गरिसकेको छु’ आइतबार विहान सिटौलले पौडेललाई भने ‘बरु तपाई अभिभावक र भावी प्रधानमन्त्रीका लागि तयार हुँदा राम्रो ।’ पौडेलले अर्का महामन्त्री प्रकाशमान सिंहलाई पनि उपसभापति र संसदीय दलको नेता दिने आवश्वास दिएका छन् । पौडेलको आवश्वासनलाई विश्वास गर्दै सिंहले समर्थन गर्ने जनाइसकेका छन् । तर सिटौलाले आफ्नो हठ नछाडेपछि पौडेल तनावमा परेका छन् । पौडेलले सिटौलालाई मनाउन तीन दिनअघि डा. रामशरण महत, दिलेन्द्र प्रसाद बडु र शेखर कोइरालाको टिम बनाएका थिए । तर टीमले सिटौलालाई मनाउन नसकेपछि पौडेल आफै सिटौला निवास पुगेका थिए । सिटौला निवासमा भएको भेटमा आफुलाई सहयोग गर्ने पौडेलले आग्रह गरेको स्रोतले बताएको छ । yeskathmandu
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses