एकै परिवारका चौधजनाको हत्यापछि आत्महत्या
एजेन्सी: भारतको महाराष्ट्र राज्यस्थित ठाणेमा एक ब्यक्तिले एकै परिवारका १४ जनाको हत्यापछि आत्महत्या गरेका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले एकै परिवारका १४ जनालाई चक्कुले हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।
यो घटना ठाणेको कासरवादावली इलाकामा भएको हो । मृतक १४ जनामा ७ जना र 7 जना बयस्क रहेका छन् ।प्रहरीका अनुसार शुरुमा परिवारका सबैलाई बेहोस बनाएपछि चक्कुले हानेर हत्या गरिएको हो ।
हत्याको कारण अहिलेसम्म खुल्न नसकेको महाराष्ट्र प्रहरीले जानकारी दिएको छ ।
बाँच्न सफल एक महिलालाई उपचारका लागि नजिकैको निजी अस्पतालमा भर्ना गरिएको छ । समाचार अनुसार नातेदारलाई पनि बोलाइएको पारिवारिक कार्यक्रममा खानामा बेहोसीको औषधि मिलाएपछि ती व्यक्तिले यो सामूहिक हत्या गर्न सफल भएका हुन् ।
प्रहरीका अनुसार १४ जनाको हत्यापछि आरोपित युवाक हातमा चक्कु लिएर झुन्डिएको अवस्थामा भेटिएका थिए ।
पुलिसले यो घटनाको जाँच थालेको छ । ठाणेका संयुक्त प्रहरी प्रमुख आशुतोष डुम्रेले यो परिवारका केबल एक सदस्य मात्रै जीवित रहेको बताएका छन् ।
'हामीले अहिलेसम्म उनीसँग सोधपुछ गरेका छैनौं', उनले भने, 'उनी अहिले पनि बेहोसीको अवस्थामा छिन् ।' प्रहरीका अनुसार घटना हुनुको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।
annapurnapost
0 comments
Write Down Your Responses