प्रधानमन्त्री फर्कँदै, संयुक्त विज्ञप्तीमा हस्ताक्षर भएन
काठमाडौंः भारतको ६ दिने भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ मुम्बईबाट काठमाडौं फर्कँदैछन् ।भ्रमणको अन्तिम दिन बलिउडका कलाकारसँग भेटघाट गरेपछि ओली काठमाडौं फर्कन लागेका हुन् ।
काठमाडौं आउनका लागि उनी अहिले साढे ६ बजे मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेका छन् ।
ओलीको भ्रमणबारेमा नेपाल र भारतबीच हुने भनिएको संयुक्त हस्ताक्षर नभइ ओली नेपाल फर्कन लागेका हुन् ।
यद्यपि ओलीले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको दाबी गरेका छन् ।
उनले आफ्नो भ्रमणले दुई देशबीचको असमझदारी तोडेको उल्लेख गर्दै संविधानमा रहेको भ्रम पनि अब हटेको बताइसकेका छन् ।
स्रोतका अनुसार हिन्दुराज्यको मुद्दा र मधेस आन्दोलनसहितका केही एजेन्डामा सहमति नजुटेपछि ओली संयुक्त विज्ञप्तीमा हस्ताक्षर नगरी घर फर्केका हुन् ।
annapurnapost
0 comments
Write Down Your Responses