विश्वका २८ देशको सम्मेलनमै जर्मनका कुटनीतिज्ञले सेक्स गरेपछि…

बैठकलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन
एजेन्सी । जब बेल्जियमको राजधानी ब्रसेल्समा युरोपियन युनियनका २८ देशहरुको भविष्यबारे बहस चलिरहेको थियो त्यही बेला बाथरुममा दुई डिप्लोमेट (कुटनीतिज्ञ) सेक्स गर्दागर्दै समातिए ।
समाचार अनुसार पछिल्लो हप्ता ब्रसेल्समा भएको यो बैठकमा ब्रिटेन(बेलायत)का प्रधानमन्त्री डेविड क्यामरुन त चर्चामै थिए यसका साथै दुई जना कुटनीतिज्ञको वाथरुमबाट आइरहेको उत्तेजनाले भरिएको आवाजले पनि मिडिया तथा सामाजिक सञ्जाल तताएको छ ।

युरोपियन युनियनको बैठकमा बेलायतका प्रधानमन्त्री क्यामरुनको प्रस्तावमा चर्काे बहस भइरहेको थियो भने अर्काे तर्फ एक कुटनीतिज्ञ जोडीले वाथरुमको माहोल तताइरहेका थिए । शौचालयको क्यूविकलबाट अचानक उत्तेजित आवाज आउन थाल्यो । स्लोवेनियाई कुटनीतिज्ञले बेताब जर्मन ब्यूरोक्रेट्सलाई आइतबार राति समातेका थिए । ‘द सन’का अनुसार बैठकमा उपस्थित अतिथिहरु खासखुस गरिरहेका थिए । पक्राउ परेका जर्मनीका दुबै कुटनीतिज्ञ जहाँ सेक्स गरिरहेका थिए, त्यसैको छेउमा युरोपियन युनियनको बैठक चलिरहेको थियो ।
मानिसहरु हास्दै भनिरहेका थिए- यदि जर्मन चान्सलर (प्रधानमन्त्री) एंगेला मर्केलले यो खबर सुनिन भने पक्कै पनि खुसी हुने छैनन् । तर, ब्रसेल्समा रहेको जर्मन राजदूतावासले यो विषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन् ।
dainiknepal
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses