शान्ति सुरक्षा दिन कैलाली प्रहरी असफल, एसपी विष्टले ‘कन्ट्रोल’ गर्न सकेनन्
धनगढी, १३ फागुन । जनतामा शान्ति सुरक्षाको अनुभूति दिलाउन कैलाली प्रहरी असफल भएको छ । प्रहरी उपरीक्षक राजेन्द्र विष्ट कैलाली आएपछि जनताले खासै सुरक्षाको अनुभूति हुने काम नगरेकाले उनीप्रति स्थानीयको गुनासो रहेको छ । धनगढीमा दैनिक चोरीका घटनाहरु बढ्दै जानथालेपछि नगरबासीहरु चिन्तित हुन थालेका छन् ।गत केही समयदेखि धनगढीमा साइकल चोरहरुको विगविगी हुन थालेको छ । धनगढीका टयूसन सेन्टर, स्कुल कलेज र घरमा राखिएका साइकलहरु चोरी हुनथालेकाछन् । प्रहरी शक्रियतामा देखिएको कम्जोरीको फाइदा उठाउँदै साइकल चोरहरुको विगविगी बढ्न थालेको हो । झट्ट हेर्दा साइकल चोरीको घटना देखिएपनि यस्ता घटना नियन्त्रणमा लिन प्रहरी असफल देखिएको छ । चोरहरुको मनोबल बढ्दै जाने र ठूला चोरी लगायतका अपराधिक घटना बढ्नसक्ने खतरा बढ्दै गएको छ ।
नेपाल प्रहरी प्रमुख विष्टको ध्यान विभिन्न नाकाबाट हुने तस्करीबाट मैनवारी रकम उठाउनेतर्फ ध्यान गएकाले जनतालाई शान्तिसुरक्षा दिने काम ओझेलमा परेको गुनासो स्थानीय बासिन्दाको छ । कुन नाकाबाट कसरी सुरक्षीत तस्करी गराउन सकिन्छ भनेर नै प्रहरीहरु लाग्ने गरेका छन् । जसले गलत कामहरु गरेकाछन उनीहरुलाई दण्डित गर्नुभन्दा पनि उनीहरुले गरेको कमजोरीको फाइदा उठाउँदै बार्गेनिंग गर्ने गरेको समाचार स्रोतको दावी छ । प्रहरीको संरक्षणमा कैलालीमा तस्करी बढ्दै गएको छ । लाइन मिलाएर प्रहरीले रकम असुल्दै आएपनि नियन्त्रण गर्ने निकाय बेखवर बनेको छ ।
जिल्लामा बसेर प्रमुखको जिम्मेवारी नसम्हालेका कारण एसपी विष्टको कर्य क्षमता कम्जोर देखिएको छ । संविधानसभाको सुरक्षा शाखाबाट आएकाले जिल्लाको समग्र सुरक्षा ब्यवस्था जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन एसपी विष्ट असफल देखिएकाछन् । साइकल चोरीको घटनाबारेमा एसपी विष्टलाई कुनै जानकारी नै छैन । सो घटनाका बारेमा स्थानीयले भेटेरै कुरा राखेपछि एसपी विष्टले माहततको टिमलाई साइकल चोर पत्ता लगानु भन्दै औपचारिक निर्देशन दिएका थिए ।
कुनै समयमा जनताले शान्ति सुरक्षाको पूर्ण अनुभूति गरेको अवस्था थियो तर अहिले त्यस्तो अनुभूति गर्न पाएका छैनौं । नगर क्षेत्रका जनताले पूर्णरुपमा सुरक्षाको महशुस गरेको अवस्थामा अहिले असुरक्षित बन्दै गएको बताएकाछन् । जनतालाई अनावश्यक रुपमा दुःख दिने गरेको गुनासो बढ्दै गएको छ । यसको ज्वलन्त उधारण भनेको बिहीवारमात्र नेपाली काँग्रेस कैलाली क्षेत्रनं ६ का सचिव बुद्धि खड्काको घरमा अनावश्यक छापा होको घटना हो ।
कसैले शंकास्पद सामान राखेको भन्ने प्रहरीलाई खबर गरेको भरमा कुनै अनुसन्धान नगरेर एकाएक प्रहरीले छापा हानेको घटनाले प्रहरीको क्षमातमा प्रश्नचिन्ह उठेको छ । कसैले खवर गरेको भरमा एउटा पार्टीको जिम्मेवार कार्यकताको घरमा छापा हान्नु र प्रहरीले गल्ती गर्यो भनेर क्षमा माग्नु भनेको प्रहरी प्रमुख विष्टको गैरजिम्मेवारी पन भएको स्थानीयको गुनासो छ ।
कसैले भनेकै भरमा कसैको घरमा छापा हान्नु भनेको उस्को स्वाभिमानमाथि आँच आउने काम प्रहरीले गरेको छ स्थानीयको भनाई छ । तस्करहरुका गोदामको सुरक्षा पहरा दिने प्रहरीले जनताको घरमा छापा हानेर ठूलो काम गरेको देखाउन खोजेको थियो तर असफल भयो ।
कैलालीको वर्तमान प्रहरी प्रशासनको नेतृत्व गर्नेहरुसंग जिल्लावासी रुष्ट देखिएकाछन् । काम भन्दा बढी कुरा गर्ने प्रवृति बढी देखिएकाले जनताले प्रहरी प्रशासनबाट सोचेजस्तो सेवा पाउन सकेकाछैनन् ।
dainiknepal
0 comments
Write Down Your Responses