कांग्रेसका जिल्ला सभापतिहरू को कता ? देउवा समूहलाई झट्का
काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कुन पक्ष बिलयो भनेर औँला गन्न थालिएको छ । विशेष गरेर संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीच कसको पक्षमा कति सभापति भनेर चर्चा हुने गरेको छ । अहिलेसम्म कांग्रेसको ५१ जिल्लाको निर्वाचन सम्पन्न भइसकेका छन् ।
दुई सभापतिले आफू कता समर्थन गर्ने भनेर खुलाएका छैनन् । ती हुन् अर्घाखाँचीका विष्णु मुस्कान र नवलपरासीका विष्णु लामिछाने रहेका छन् । तर दुबैले संस्थापनलाई समर्थन गर्ने स्रोतको दाबी छ ।
पछिल्लो परिणामले देउवा समूह खासै खुसी छैन । यस्तै अवस्था रहे देउवा समूहले यस पटक पनि सभापति पद गुमाउन सक्ने विश्लेषण हुन थालेको छ ।
संस्थापनका सभापति
१. उद्धव थापा– झापा (निर्विरोध)
२. राजीव कोइराला – सुनसरी
३. नन्दमणि राई – भोजपुर
४. वीरबहादुर राना – पाल्पा (निर्विरोध)
५. नरेन्द्रसिंह थापा – बैतडी (निर्विरोध)
६. कमलराज रेग्मी – सुर्खेत
७. रमेश धमला – धादिङ
८. नरेशकुमार श्रेष्ठ – खोटाङ
९. मधु आचार्य – काभ्रे
१०. कृष्णबहादुर केसी – कास्की
११. याग्जी विष्ट – मुस्ताङ
१२. हरि घले – गोरखा
१३. उज्जव बराल – सिन्धुली
१४. विदुर बस्नेत – उदयपुर
१५. जगदीश्वर नरसिंह केसी – नुवाकोट
१६. सबुज बानियाँ – काठमाडौं
१७. सुरेन्द्र आचार्य – कपिलवस्तु
१८. खड्गबहादुर शाही – मुगु
१९. जीतनारायण श्रेष्ठ – चितवन
२०. अमरसिंह पुन – रोल्पा
२१. नरेन्द्र केरुङ – पाँचथर
२२. हर्षबहादुर बम – कालिकोट
२३. प्रेमप्रकाश ओली – रुकुम
२४. लीला बोखिम – ताप्लेजुङ
२५. गोविन्द ढुंगाना – तेह्रथुम
२६. खिमप्रसाद भूसाल – पर्वत
२७. संजय गौतम – बर्दिया
२८. बैकुण्ठ न्यौपाने – तनहुँ
२९. हिमाल कर्माचार्य – इलाम
३०. किरण कोइराला – बाँके
३१. गणेश चन्द – सल्यान
३२. दीपबहादुर शाही– जुम्ला
३३. भेषबहादुर पौडेल – लम्जुङ
देउवा समूहका सभापति
१. कर्ण मल्ल – डडेलधुरा
२. टेकबहादुर गुरुङ – मनाङ
३. इन्द्रबहादुर बानियाँ – मकवानपुर
४. कमल पंगेनी – स्याङ्जा
५. अब्दुल रज्जाक गद्दि – रुपन्देही
६. डिकबहादुर लिम्बु – मोरङ
७. प्रदीप सुनुवार – ओखलढुंगा
८. प्रदीप देउवा – डोटी
९. कविराज पण्डित – बाजुरा
१०. अग्निप्रसाद पौडेल – धनकुटा
११. दीपकजंग शाह – जाजरकोट
१२. जयपति रोकाय – हुम्ला
१३. मदन अमात्य – ललितपुर
१४. भरतकुमार स्वाँर – अछाम
१५. दीपेन्द्र थापा – बागलुङ
१६. नरनारायण शाह – कैलाली
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses