भारतीय प्रधानमन्त्री मोदीले एक महिनामा तीन देशको भ्रमण गर्ने
नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्न लागेको बताइएको छ ।उनले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी जानकारी दिइएको छ ।
उनी मार्च ३० मा बेल्जियम पुग्ने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुने छन् ।
त्यसपछि उनी संयुक्त राज्य अमेरिका जाने छन् । अमेरिकाको वासिङ्टनमा हुने आणविक सुरक्षा सम्मेलनमा सहभागी हुने जनाइएको छ ।
उक्त आणविक सुरक्षसम्बन्धी सम्मेलनमा विश्वका करिब ५० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने जनाइएको छ ।
प्रधानमन्त्री मोदीले त्यसपछि साउदी अरेबियाको भ्रमण गर्ने छन् । भारतको प्रधानमन्त्रीका रुपमा गएको छ वर्षयता पहिलो पटक प्रधानमन्त्री मोदी साउदी अरेबिया जान लागेका हुन् ।
ratopati
0 comments
Write Down Your Responses