नयाँ शक्तिको सल्लाहकार परिषद् गठन
बुधबार, १२ फागुनकाठमाडौ। नयाँ शक्ति नेपालले पार्टीलाई सल्लाह दिन पाँच सदस्यीय सल्लाहकार परिषद्को गठन गरको छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा यही फागुन ६ गतेदेखि आजसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा डा योगी विकाशानन्द, रामचन्द्र भट्टराई, बाबुराम अर्याल र डा लक्ष्मीप्रसाद राई सदस्य रहनुभएको सल्लाहकर परिषद् गठन गरेको हो ।
बैठकले राजनीतिक विभागअन्तर्गत दस्तावेज तयार गर्न, विभिन्न राजनीतिक दल, दलसँग आबद्ध व्यक्ति तथा स्वतन्त्र व्यक्तिसँग संवाद गर्न कार्यदलसमेत गठन गरेको छ ।
बैठकले सबै विभागलाई पूर्णता दिनुका साथै सबै विभागको नीति तथा कार्ययोजनासमेत पारित गरेको छ ।
त्यस्तै बैठकले केन्द्रीय सचिवालयमा केही सदस्य थप गरेको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले बताए ।
nepalsandesh
0 comments
Write Down Your Responses