मोदीको गृहनगरमा ओलीकै अगाडि भारतले यसरी गर्यो नेपालको ‘बेइज्जत’
काठमाडौं । राजकीय भ्रमणका क्रममा पाँचौ दिन मंगलबार भारतको गुजराज पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि नेपालको अपमान गरिएको छ ।भूकम्पपछीको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरातस्थित भुज अवलोकन गर्न जाँदा प्रधानमन्त्री ओलीको सत्कारका लागि राखिएको नेपालको झण्डाको चरित्र हत्या गरेको भेटिएको हो ।
गुजरातलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगरका रुपमा चिनिन्छ । अहिले पनि नेपालको संविधानमा विमति राख्दै आएका मोदीले आफ्नै गृहनगरमा नेपालको पहिचान तथा स्वाभिमान झल्काउने नेपाली झण्डाको अपमान गरेका हुन् ।
यद्यपी प्रधानमन्त्री ओलीलाई भने पुरै सम्मान तथा सत्कार गरिएको थियो । तर, राष्ट्रियता पहिचान झण्डा भने भारतको जस्तै गरी बनाइएको थियो ।
यसले ओलीलाई सम्मान दिने बहानामा कहीँ न कँही हेपाहा प्रवृत्तिको रंग भारतले देखाएको छ । रातो र चन्द्र सूर्य झण्डाको आकार प्रकार भत्किने गरी ठाउँ-ठाउँमा टाँगिएका झण्डाले नेताको मान मर्दन नभएपनि नेपाल र नेपालीको मान मर्दन पक्कै भएको छ । स्वाभिमानमा चोट पुगाएको छ ।
समाजिक सञ्जालमा धेरैले उक्त झण्डाको विरोध गरेका छन् । ‘होइन, हाम्रो रातो र चन्द्र सूर्य झण्डाको आकारप्रकार यस्तो हो र ?।’ देवेन्द्रराज भट्टराईले ट्वीट गर्दै भारतको आलोचना गरेका छन् ।
नेपाली राष्ट्रिय झन्डा विश्वमै एकमात्र त्रिकोणात्मक झन्डा हो । नेपाली झण्डाको माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लो त्रिकोणमा सूर्य अंकित रहेको छ ।
यसको अर्थ आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई बुझाउने बताइन्छ । नेपाली झन्डामा रहेको निलो किनारालाई शान्तिको प्रतिक मानिन्छ भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।
यसर्थ गुजरात राज्य सरकारले भारतीय राष्ट्रिय झन्डासँगै नेपालको चारकुने झन्डा टाँग्दै नेपाली झन्डाको अपमान गरेको हो ।
पुनःनिर्माणमा आत्मबल बढ्यो
यसैक्रममा भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताए ।
भूकम्पपछि पुनः निर्माण भएको भुज सहरको अवलोकनपछि उनले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताए । सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो ।
भुजका स्थानीयवासिन्दा र सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दृढताका साथ मिलेर काम गरेमा पनि निर्माण सम्पन्न गर्न सकिदोरहेछ भन्ने उदाहरण यहाँ देखिएको बताए । उनले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा भारतको उलेख्य सहयोग रहेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वाससमेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपाल आकारमा सानो भए पनि विविधतायुक्त देश भएकाले यसको समृद्धि र पुनःनिर्माणका लागि भारतजस्ता अन्य मुलुकबाट आगामी दिनमा निरन्तर सहयोग हुने आशा व्यक्त गरे ।
dainiknepal
0 comments
Write Down Your Responses