प्रधानमन्त्री ओली जाने वित्तिकै दिल्लीमा पनि लाग्यो नाकाबन्दी !
काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका बेला दिल्लीमा भने नाकाबन्दी लागेको छ ।नेपालमाथि भारतले गरेको नाकाबन्दी हटेर प्रधानमन्त्री ओली दिल्ली पुगेको समयमा दिल्लीमा भने आन्दोलनकारीले पानीको नाकाबन्दी गरिदिएका हुन् ।
भारतको हरियाणामा चलिरहेको जाट आरक्षण मागसहितको आन्दोलनका कारण भारतीय राजधानी नयाँ दिल्लीमा पानीको हाहाकार मच्चिएको हो ।
आरक्षण माग गर्दै जाट समुदायका प्रदर्शनकारीले दिल्ली जाने पानीको आपुर्ति बन्द गरिदिएपछि दिल्लीमा पानीको हाहाकार भएको भारतीय सञ्चार मााध्यमले जनाएका छन् । दिल्लीमा पानीको नाकबादीपछि संकटकाल उत्पन्न भएको छ । जल संकट बढ्दै गएपछि सरकारले सोमबार दिल्लीका सबै स्कुल बन्द गर्ने घोषणा गरेको छ भने सबै परीक्षा रद्ध गरिएको छ ।
आइतबार विहान दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्ली जलवोर्डका अध्यक्षसहितको बैठक राखेर सोमबार स्कुल बन्द गर्ने निर्णय गराएका छन् । पानी आपुर्ति बन्द भएपछि दिल्लीमा रहेका ७ वटा वाटर प्लान्ट बन्द भएका छन् । अहिले ट्याङ्करमा राखेर दिल्लीमा पानी ल्याउन थालिएको छ ।
दिल्ली सरकारले आज देखि राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, भारतका मुख्य न्यायाधीश र सेनाका केही महत्वपूर्ण इलाका बाहेक अस्पताल र दमकल बाहेक सबै स्थानमा पानी बन्द भएको घोषणा गरेको छ ।
हरियाणाको जाट समुदायले आफूहरु उत्पीडनमा परेको भन्दै केही दिनदेखि कडा आन्दोलन गरिरहेको छ ।
dainiknepal
0 comments
Write Down Your Responses