बाहिर नआएको प्रधानमन्त्री ओलीको दिल्ली रहस्य !
काठमाडौं, ११ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा गोप्य कुरा सार्वजनिक भएको छ ।
नेपालसहित दक्षिण एसियाका केही मुलुक भारतमै विलय हुने विवादित वयान दिएका भारतीय जनता पार्टीका महासचिव राम माधवलाई प्रधानमन्त्री ओलीले फागुन ९ गते विहानै भेटेको रहस्य दुई दिनपछि सार्वजनिक भएको छ ।
नेपाललाई भारतमा विलय गर्छाै भन्ने रामलाई भेटेर ओलीले दोस्ती गरेका हुन् । यो रहस्य भारतीय मिडियाले सार्वजनिक गरेपछि नेपाली मिडियाले थाहा पाएका हुन् ।
अर्काे कुरा भ्रमण तालिकामा रामलाई ओलीले भेट्ने कार्यक्रम थिएन् । अचानक ओलीले रामलाई भेटेपछि धेरैले आशंका र आश्चर्य जनाएका छन् । ओलीले रामसँग १ घण्टा लामो वार्ता गरेको कुरा रामले नै ट्वीट गरेका छन् । रामको ट्वीटपछि भारतीय मिडिया हुँदै नेपालकाले पनि यो गुपचुप भेटको सुइको पाएका हुन् ।
Ram-tweetरामले ट्वीट गर्दै भनेका छन् ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो १ घण्टे भेटघाट भयो । उनले आपसी असमझदारी हटोस् र भारतले नेपालको आर्थिक विकासमा सहयोग गरोस् भन्ने चाहना राखे ।’
दिल्ली स्रोतका अनुसार गुपचुप भएको भेटमा नेपालको संविधान, त्यसको अन्तरवस्तु, संविधान संशोधन, सीमांकन, मधेसी मोर्चाको माग, नेपालमा हिन्दू राष्ट्रको सम्भावना र नेपालमा भारतको चाहना लगायतका विषयमा छलफल भएको थियो ।
भारतको असन्तुष्टिका विषयमा पार्टी र मोदीको तर्फबाट माधवले ओलीसँग ब्रिफिङ गरेको हुन सक्ने अनुमान गरिएको छ ।
६ दिने भारत भ्रमण पुरा गरी प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्किदैछन् ।
dainiknepal
0 comments
Write Down Your Responses