भारतबाटै ओलीले भने–संविधानले कसैलाई विभेद गरेको छैन
९ फागुन,नयाँ दिल्ली ।संविधान निर्माण प्रक्रियाप्रति सहमति जनाउदै पाँच महिनासम्म नाकाबन्दी गरेको भारतकै भूमिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान लोकतान्त्रिक विधिबाट जारी गरिएको बताएका छन् । उनले संविधान समावेशी भएको र कसैलाई पनि विभेद नगरेको बताएका हुन् ।
संविधान निर्माण प्रक्रियाप्रति असहमति जनाउदै भारतले नेपालमाथि पाँच महिना नाकाबन्दी लगायो । संविधान संशोधन लगत्तै भारतले नाका बन्दी खुलायो । नाका खुले लगत्तै भारत प्रधानमन्त्री केपी ओली छ दिन भ्रमणको भारतमा छन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चालिस मिनेट छुट्टाछुट्टै भेटवार्ता गरेर सात बुँदे सहमति गरिसकेका छन् ।
आइतवार आयोजित पत्रकारहरुसंको अन्र्तक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले संबिधानले कसैलाई विभेद नगरी समान हक अधिकार प्र्रदान गरेको स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । प्रधानमन्त्रीले ओलीले भारत र चीन दुबेैसँग नेपालले समान मित्रतापूर्ण सम्बन्ध राखेको र नेपालले कसैका विरुद्ध कुनै कार्ड प्रयोग नगर्ने बताए । ओलीको भनाई उदृत गर्दै दाहालले भने,‘भारत भ्रमण फलदायी र उपलब्धिमूलक भयो, भारतबाट म सन्तुष्ट छु, भ्रमणले दुई देशबीचको असमझदारी हटाएको छ ।’
दाहालका अनुसार ओलीले भारतको भ्रमणको क्रममा आइतवार उत्तराखण्डस्थित तेहरी हाइड्रो पावर परियोजनाको निरीक्षण गरे । नयाँ दिल्लीबाट विशेष हेलिकोप्टर मार्फत ओली परियोजना निरीक्षण गरेका हुन् । ओलीको साथमा भारतका उर्जा राज्यमन्त्री पियुष गोयल सहभागी थिए । तेहरी बाँध पुग्दा प्रधानमन्त्रीलाई उत्तराखण्डका पर्यटनमन्त्री सहित सांसद र परियोजनाका उच्च पदाधिकारीले भव्य स्वागत गरेको दाहालले बताए ।
संसारको चौथौ उच्च उर्जा उत्पादन गर्ने यो परियोजनाको सुरुंग, टर्वाइन लगायत परियोजनासँग सम्बन्धित अन्य पक्षहरुको प्रधानमन्त्रीले अवलोकन गरेका छन् । प्रधानमन्त्रीको सम्मानमा भारतका उर्जा राज्यमन्त्रीले दिवाभोजको गरेका थिए ।
बाँधको अवलोकन पछि प्रधानमन्त्री ओलीले उर्जा उत्पादनमा तेहरी परियोजनाबाट नेपालले शिक्षा लिनुपर्ने बताए । प्रधानमन्त्रीसँग आजै भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले राष्टपति भवनमा शिष्टाचार भेट गरेका थिए । ओलीले नेपाली दुताबासमा आयोजित प्रवासी नेपालीहरुको कार्यक्रमलाई पनि सम्बोधन गरेको दाहालले बताए ।
उनका अनुसार सोमवार प्रधानमन्त्रीसँग भारतका उर्जा राज्य मन्त्रीले शिष्टाचार भेट गर्ने र भारतीय उधोगी व्यापारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
0 comments
Write Down Your Responses