दिल्लीमा ११ युवतीको उद्धार, उद्धार हुनेमा पारिवारिक बेमेल र श्रीमान विदेश भएका
आइतबार, १६ फागुन
काठमाडौ । दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ट्रान्जिट भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मूख्य दुई एजेन्ट पक्राउ परेका छन् ।
मानव तस्करीमा संलग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रवार बसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो ।
चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुनःस्थापना गृहले पाएको सुराकी आधारमा गृहका अधिकारीहरु भारतीय प्रहरीसंगको अनुसन्धानमा जुटेका थिए ।
युवती ओसारपसारमा संलग्न आरोपित राजन अधिकारी र जीवन पुनलाई रोहिणीस्थित प्रहरी कार्यालयमा लगिएको छ।
दुबै लाई ‘ युवती उद्धारको समन्यवनमा साथ दिने ’ प्रतिवद्धता गराउदै सुरक्षानिगरानीमा राखिएको छ ।
उद्धार गरिएका मध्ये एक जना युवती मात्रै अविवाहित हुन बाँकी पारिवारिक बेमेल भएका र श्रीमान समेत विदेशमा रहेका छन । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses