भारत भ्रमणबारे प्रधानमन्त्रीले दिए जानकारी
काठमाडौं, फागुन १३ । छ दिने भारत भ्रमणबाट बुधबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई भारत भ्रमणबारे जानकारी दिएका छन् ।प्रधानमन्त्री ओलीले भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
त्यस क्रममा नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा ७ बुँदे समझदारी पनि भएको छ । यद्यपी भ्रमणका क्रममा भएका सहमति तथा समझदारीहरुलाई समेटेर जारी गरिने संयुक्र वक्तब्य भने जारी हुन भने सकेन ।
नेपालको नयाँ संविधानलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा भारतीय पक्षमा अलमल देखिएपछि संयुक्त वक्तब्य जारी हुन नसकेको बुझिएको छ ।
नेपालले संविधानलाई स्पष्ट शब्दमा स्वागत गर्नुपर्ने अडान राखेको तर भारतले अभैपनि राजनीतिक कोर्स पूरा नभएको आशय घुसाउन चाहेपछि संयुक्त वक्तब्य जारी हुन नसकेको बताइएको छ ।
imagekhabar
0 comments
Write Down Your Responses