भारत भ्रमणमा रहँदा जस्तै त्यहाँबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणलाई उपलब्धिपूर्ण रहेको र नेपाल-भारत सम्बन्धमा रहेका सबै असमझदारी अन्त्य भएको बताइरहेका छन्। एउटा कुरा निश्चित हो, प्रधानमन्त्रीले आफ्ना कुरा भारतीय राजनीतिक नेतृत्व र जनमत निर्मातासमक्ष बुझ्ने गरी स्पष्टसँग राखेको पढियो, सुनियो। यसनिम्ति उनी धन्यवादका पात्र छन्।
आफ्नो संविधान निर्माण गर्दा भारतसमेतको स्वामित्वलाई राष्ट्रले औपचारिक रूपमै अनुमोदन गरेको सन्देशसहित भारत भ्रमण गर्ने राजनीतिक बाध्यताभित्रका कुनै प्रधानमन्त्रीबाट योभन्दा बढी अपेक्षा न्यायपूर्ण थिएन।तर नेपाल-भारत सम्बन्धमा विकास भएका वर्तमान चरित्रलाई प्रधानमन्त्री ओली र उनका निकट सहयोगीको आत्मरति तथा मधेस आन्दोलनका पात्र र प्रकृतिले मात्र बताउन सक्दैन। अर्को कुरा, प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको भ्रमण र आतिथ्यताको स्तरले भ्रमणको उपलब्धिको सही आकलन गरिँदैन भन्ने पनि उत्तिकै सत्य हो।
यसैक्रममा इतिहासकै सबैभन्दा जटिल चरित्रको भूराजनीतिक दबाब बेहोर्न बाध्य नेपालका प्रधानमन्त्री भारतपछि चीन भ्रमणमा जाँदै छन्। प्रधानमन्त्रीले बुझ्नुपर्दछ-उनको चीन भ्रमणले मात्र उनको भारत भ्रमणको समीक्षा गर्न सकिने रणनीतिक परिस्थिति निर्माण भएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपाली जनजीवनलाई निश्चय नै केही सहज बनाएको छ, तर यो सहजताभित्र अनेकौँ असहज प्रश्न छन्। यसको दीर्घकालीन समाधान भनेको भारतसँगको सम्बन्धमा समझदारी कायम गर्दै चीनसँग भरपर्दो इन्धन आपूर्ति सम्झौता गर्नु र ल्हासा-काठमाडौँ रेलमार्ग निर्माण कार्य तत्काल अघि बढाउन चीनलाई सहमत गराउनु हो। त्यसो गर्न सके मान्नुपर्दछ-ओलीको प्रधानमन्त्रीत्वले नेपाली जनतालाई साँच्चै सधैँ बाडुली लगाइरहनेछ।
स्विकार्नै पर्दछ-नेपाल भारत सम्बन्ध भारत चीन सम्बन्धको चरित्रको स्तरबाट स्वतन्त्र छैन र रहन सक्दैन। एसियाका यी दुई ठूला र शक्तिशाली राष्ट्रको सम्बन्धको चरित्र परिभाषित गर्ने निर्णायक महत्वका रणनीतिक अध्यायहरू क्षेत्रमा निर्माण भइरहेका छन्। नेपालको भूराजनीतिका सीमा, अवसर र सम्भावनाहरू बुझ्न र सोअनुरूप आफ्ना राष्ट्रिय रणनीति विकास गर्न नेपालले यी परिवेशहरूलाई मिहिन अध्ययन गरेकै हुनुपर्दछ।
भारत र चीनका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिलाई प्रभाव पार्ने प्रमुख पात्र र चरित्रहरूको क्षेत्र र समग्र विश्वबारेका विचार, भविष्य दृष्टि र कार्य प्रणालीबारे राम्रो जानकारी नराखी नेपालले आफ्नो परराष्ट्र नीति मात्र होइन, आफ्ना आन्तरिक शान्ति र स्थिरतालाई पनि सुनिश्चित गर्न सक्दैन।त्यसैले त्यस्ता पात्र र चरित्रहरूका नेपाल नीतिलाई राष्ट्रको बृहत्तर हितअनुरूप सुनिश्चित गराउन नेपालले प्रदर्शन गर्ने राजनीतिक, आर्थिक, कूटनीतिक र समग्रमा नेपालको राष्ट्रिय क्षमताको आधारमा कुनै सरकार वा राजनीतिक नेतृत्वको सफलताको मूल्यांकन गरिन्छ र गर्नुपर्दछ।
अर्को, अन्य छिमेकी र अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको नेपालको पक्षमा जुटाउन सकेको समर्थन र प्रतिबद्धताको स्तरबाट सरकारको मूल्यांकन गरिन्छ भन्ने कुरा नेपालका प्रधानमन्त्री र उनका सहयोगीहरूले हेक्का राखिरहनुपर्ने हो।नेपालजस्तो कठिन भौगोलिक अवस्थितिको मुलुकले आफ्ना विशाल छिमेकी राष्ट्रहरूका गृह, रक्षा, परराष्ट्र, आन्तरिक राजनीतिक विकास, भविष्यका सम्भावना र कम्तीमा आगामी १०-२० वर्षसम्मका उनीहरूका सम्भावित राजनीतिक र सुरक्षा क्षेत्रका नीति र नेतृत्वहरूबारे मिहिन दृष्टि राखेर सरकारलाई सोबारे निरन्तर रणनीतिक परामर्श दिइरहने सक्षम संरचनाहरू विकास नगरी नेपालले आफ्ना राष्ट्रिय हितहरू सुरक्षित राखिरहन सक्दैन।
दक्षिण कोरिया, ताइवान, सिंगापुर, इजरायल जस्ता राष्ट्रहरूको शक्ति र सफलतापछाडिको एउटा प्रमुख कारण आफ्ना छिमेकीबारे गहन र सम्पूर्ण जानकारी राख्ने उनीहरूका सशक्त र प्रभावकारी संरचनाहरू हुन्। अमेरिकाजस्तो मुलुकले पनि चीन, रूस, भारत, इरान वा अन्य ठूला र शक्तिशाली मुलुकहरूको बारेमा गहन र सांगोपांगो जानकारी लिन ती मुलुकका त्यस्ता संरचनामाथि भरपर्ने गरेको सन्दर्भ यहाँ विचारणीय छ।
मोदी डोभल डक्ट्रिन
माथि भनेजस्तै भारतको नेपाल रणनीति बुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भविष्य दृष्टि, नीतिगत प्राथमिकता, प्रतिबद्धता, क्षेत्रीय र विश्व दृष्टिकोणलाई नियाल्नुपर्ने हुन्छ।इन्डियन एक्सप्रेसमा गत वर्षको जनवरीमा अमेरिकाका जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक डेनियल मर्कीले लेखेअनुसार मोदी 'शक्तिद्वारा शान्ति स्थापना' गर्ने नीतिका अनुयायी हुन्। कमजोर र शक्तिहीन भारतले आफ्नो लागि र क्षेत्रमा समेत शान्ति स्थापना गर्न सक्दैन भन्नेमा उनी दृढ देखिन्छन्।
प्रधानमन्त्री मोदी भारतको राष्ट्रिय ऐतिहासिक चेतनाका प्रतिनिधि पात्रको रूपमा प्रस्तुत भइरहेका छन्। जवाहरलाल नेहरूलगायतका स्वतन्त्र भारतका नेताहरूले राष्ट्रिय हित र सुरक्षाका सवालमा प्रदर्शन गरेका अप्रतिबद्ध र अदूरदर्शी नीतिकै कारण भारतीय सुरक्षा चुनौती र क्षेत्रीय समस्याहरू वर्तमान स्वरूपमा अनूदित हुन आइपुगेको हो भन्ने उनको धारणा रहेको देखिन्छ।
आफ्ना यिनै नीति र प्राथमिकताहरूलाई केन्द्रमा राखेर मोदीले आफ्ना रक्षा र विदेश नीतिहरूको कार्यान्वयनको लागि छनोट गरेका एक प्रमुख सहयोगी हुन्, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल। इन्टेलिजेन्स ब्युरोका पूर्व प्रमुखसमेतको अनुभव आर्जन गरेका उनले आफ्नो पेसागत जीवनमा दुनियाँका नामी जासुसी उपन्यासका महानायक जस्तै काम गरेका छन्।
जस्तोसुकै खतरनाक मिसनको जिम्मेवारीलाई सहर्ष स्विकारेर त्यसलाई उच्चतम निष्ठा र कौशलका साथ सफल बनाएका डोभल भारतका सबै पृथकतावादी विद्रोह र आतंककारी गतिविधि समाप्त पार्न तथा नियन्त्रण गर्नमा निर्णायक भूमिकामा रहेका व्यक्ति हुन्। उनका विलक्षण प्रतिभा, कौशल र समर्पणको प्रशंसा नगर्ने त्यो क्षेत्रका जानकार सम्भवतः छैनन्।
हाल डोभल भारतको बाह्य र आन्तरिक जासुसी संगठन 'र' र इन्टेलिजेन्स ब्युरोका प्रमुखहरूका तालुक अधिकृत हुन्। राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा उनी भारतका रक्षा, विदेश, गृह, अर्थ मन्त्रालयलगायतका मन्त्रीहरू सदस्य रहने राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख कार्यकारी अधिकृत पनि हुन्। यसबाट भारतको समग्र राज्य सञ्चालनमा डोभलको शक्ति र प्रभावको आकलन गर्न सकिन्छ।
गत जुन महिनाको पहिलो साता भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पृथकतावादी समूहहरूको धरापमा परेर १८ जना भारतीय सैनिकहरूको मृत्यु भयो। आक्रमणपछि भारत म्यानमार सीमा पार गरी म्यानमारमा रहेको आफ्नो आ श्रयस्थलमा बसेका त्यस्ता पृथकतावादी समूहहरूमाथि भारतले हवाई आक्रमण गर्यो। उक्त आक्रमणमा भारतीय सेनाले म्यानमारमा रहेका पृथकतावादीहरूका दुई शिविर ध्वस्त बनाएको समाचार भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका थिए।
उक्त कारबाहीपछि सैनिक पृष्ठभूमिबाट राजनीतिमा आएका केन्द्रीय सूचना राज्यमन्त्री राज्यवर्धन सिंह राठोरले भारतमा आतंककारी गतिविधि गरेर छिमेकी राष्ट्रमा सुरक्षित हुन सकिन्छ भन्नेहरूको दिन गएको प्रतिक्रिया दिएका थिए। विश्लेषकहरू भारतीय सेनाको यो सफलतापछाडि डोभलको दृढता र साहसिकताले काम गरेको बताउँछन्।
पाकिस्तानको सुरक्षा र यसको भूरणनीतिक पक्षसम्बन्धी पाकिस्तानी विज्ञ तथा अक्सफोर्ड विश्वविद्यालयसँग समेत सम्बद्ध हसन कुरेसीले जुलाई २०१४ मा प्रकाशित एउटा लेखमा डोभललाई पाकिस्तानलाई ध्वस्त पार्ने चाहना राख्ने व्यक्तिको रूपमा चित्रित गर्दै इन्टेलिजेन्स ब्युरोको प्रमुखको रूपमा उनले अफगानिस्तान, पाकिस्तान र चीनमा समेत आतंककारी गतिविधि सञ्चालन गराएको अभियोग लगाएका छन्।
तिब्बतमा पृथकतावादी आन्दोलनलाई सहयोग गरेको र पाकिस्तानलाई आन्तरिक रूपमै ध्वस्त पार्ने उद्देश्यले बलुचिस्तान प्रान्तमा भारत प्रशिक्षित आतंककारीहरूद्वारा गरिएको बम-विस्फोटनबाट लाहोर, कराँचीलगायतका स्थानमा असंख्य पाकिस्तानी सर्वसाधारण नागरिक मारिएका कुरेसीको आरोप छ। अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा कटुता र तनाव उत्पन्न गरेर अफगानिस्तानमा पाकिस्तानका हितहरूमाथि प्रहार गर्नु पनि डोभल डक्ट्रिन हो भन्ने कुरेसीको भनाइ छ।
नेपालजस्तो कठिन भौगोलिक अवस्थितिको मुलुकले आफ्ना विशाल छिमेकी राष्ट्रहरूका गृह, रक्षा, परराष्ट्र, आन्तरिक राजनीतिक विकास, भविष्यका सम्भावना र कम्तीमा आगामी १०-२० वर्षसम्मका उनीहरूका सम्भावित राजनीतिक र सुरक्षा क्षेत्रका नीति र नेतृत्वहरूबारे मिहिन दृष्टि राखेर सरकारलाई सोबारे निरन्तर रणनीतिक परामर्श दिइरहने सक्षम संरचनाहरू विकास नगरी नेपालले आफ्ना राष्ट्रिय हितहरू सुरक्षित राखिरहन सक्दैन।
असाधारण कूटनीतिक क्षमता प्रदर्शन गरेर अमेरिकी राष्ट्रपति जर्ज बुस र बाराक ओबामादेखि भारतीय प्रधानमन्त्री मनमोहन सिंह र नरेन्द्र मोदीमाथि समेत शक्तिशाली प्रभाव पारेका अमेरिकाको लागि भारतीय राजदूत तथा स्पष्ट वक्ताको रूपमा परिचित एस. जयशंकरको भारतीय विदेश सचिवमा भएको नियुक्ति मोदी सरकारले गरेको अर्को महत्वपूर्ण नियुक्ति हो।
अमेरिकाप्रति झुकाव राख्ने मानिने र चीन, अमेरिका तथा जापान जस्ता शक्तिशाली मुलुकहरूका साथै दक्षिण पूर्व एसियाको केन्द्रको रूपमा रहेको सिंगापुरमा समेत रहेर कूटनीतिक अनुभव आर्जन गरेका जयशंकरको नियुक्तिलाई टाइम्स अफ इन्डियाले मोदी सरकारको चीनप्रति कडा नीति अवलम्बन गर्ने कुराको परिचायक बताएको छ।
जटिल क्षेत्रीय भूराजनीतिक दबाब र नेपाल
भारतले पाकिस्तानलाई प्रमुख चुनौतीको रूपमा बुझ्ने गरेको छ । शक्तिको बलमा पाकिस्तानसँगको विवाद अन्त्य गर्नुपर्दछ भन्नेमा मोदी र डोभल दुवै विश्वस्त छन्।पाकिस्तानको आणविक क्षमता भारतको प्रमुख रणनीतिक चिन्ताको विषय भएकाले पाकिस्तानको आणविक क्षमतालाई सन्तुलन गर्ने आक्रामक र प्रतिरक्षात्मक प्रणाली विकास गरेर भारतको आणविक दौर्वल्यदोहन हुन नदिनु मोदी डोभल डक्ट्रिनको प्रमुख पक्ष हो।
फेब्रुवरी २०११ मा प्रकाशित एउटा लेखमा डोभलले पाकिस्तानको भारतविरुद्धको लामो समयदेखिको अन्त्यहीन र गुप्त आक्रामक व्यवहारविरुद्ध प्रतिकार गर्न भारत निरन्तर असफल भइरहेको सन्दर्भमा भारतविरुद्धको आफ्नो आतंककारी संरचना भंग गर्न भारतले पाकिस्तानलाई बाध्य पार्न सक्नुपर्दछ भनेर लेखेका थिए।
पाकिस्तानका रणनीतिक दुर्वलताहरू भारतभन्दा धेरै बढी भएकाले त्यस्ता दुर्वलतामाथि उसले गर्न सक्ने रणनीतिक प्रहार साथै पाकिस्तानद्वारा भारतविरुद्ध सञ्चालन हुने गरेका गुप्त कारबाही कम खर्चालु रणनीतिक विकल्पहरू होइनन् भन्नेबारे पाकिस्तानलाई भारतले राम्ररी बुझाउन सक्नुपर्दछ भन्ने पनि डोभलले लेख्दै र भन्दै आएका थिए।
उता अमेरिकाले एसियामा चीनको बढ्दो प्रभुत्व नियन्त्रण गर्न अवलम्बन गरेको एसियाली पुनर्सन्तुलन नीति र भारतको एसिया प्रशान्त क्षेत्रमा आफ्नो रणनीतिक महत्वाकांक्षालाई सघाउन विकास गरेको लुक इस्ट नीति परस्पर परिपूरक भएको अमेरिकी अधिकारीहरूले बताउने गरेका छन्।सोही सन्दर्भलाई प्रस्ट पार्दै भारतको चेन्नईमा अमेरिकी महावाणिज्य दूतावास र भारतको एउटा थिंक ट्यांकद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणनले भारतको सहयोगविना अमेरिका आफ्नो एसिया नीतिमा सफल नहुने बताएका थिए।
चीनको बढ्दो सैन्य क्षमता हुँदाहुँदै पनि भारतको तुलनामा चीनलाई कुनै सैनिक लाभ प्राप्त नभएको र भारत मात्र चीनविरुद्ध एसियामा खडा हुन सक्ने शक्ति हो भनेर नारायणनले बताएका थिए भनी टाइम्स अफ इन्डियाले गत मार्चमा उल्लेख गरेको थियो।सो सम्मेलनको दुई महिनापछि प्रधानमन्त्री मोदीको प्रस्तावित चीन भ्रमणको सन्दर्भमा भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिन्दुमा प्रकाशित एक लेखमा नारायणनले मोदी सरकारले चीनसँगको सम्बन्धमा आर्थिक र व्यापारिक पक्षलाई भन्दा सम्बन्धको रणनीतिक पाटोलाई बढी महत्व दिनुपर्ने उल्लेख गरेका थिए। स्मरणीय छ, नारायणन पनि डोभलजस्तै इन्टेलिजेन्स ब्युरोकै पूर्व प्रमुख हुँदै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार हुन पुगेका थिए।
गत अक्टोबरमा चर्चित भारतीय पाक्षिक फ्रन्टलाइनमा अघिल्लो पुस्ताका भारतीय अधिवक्ता, इतिहासकार र लेखक एजी नुरानीले नोभेम्बर २०१४ मा हिन्दुस्तान टाइम्सले आयोजना गरेको 'लिडरसिप समिट' मा डोभलको भनाइ उद्धृत गर्दै भारतले दुई मोर्चाको युद्धको लागि तयारी गर्नु परिरहेको अवस्थामा भारतले आफ्ना दुवै आणविक शक्तिसम्पन्न छिमेकीहरूलाई आफूसँगको द्वन्द्वको मूल्य बुझाउन सक्नुपर्दछ भन्ने उल्लेख गरेका थिए।
आफूमाथि हुने आक्रमण रोक्न आक्रमणको स्रोतमा नै आक्रमण गरिनुपर्दछ, त्यो नै सबैभन्दा उत्तम प्रतिरक्षा रणनीति भएकोमा विश्वस्त डोभलले जम्मु कश्मीरमा पाकिस्तानी अतिवादी गतिविधि सन्तुलनमा ल्याउन लन्डनमा बसेर पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी आन्दोलन सञ्चालन गरिरहेका नवावजादा हर्वियार मर्रीका गतिविधिलाई भारतले सहयोग गरिरहेको समेत नुरानीले फ्रन्टलाइनमा उल्लेख गरेका छन्।
चीन भारत पाकिस्तान सम्बन्धको एउटा महत्वपूर्ण पाटोको रूपमा रहेको छ । एन्ड्रयु स्मलको हालै प्रकाशित एक चर्चित पुस्तक दी चाइना पाकिस्तान एक्सिसअनुसार भारतप्रतिको शत्रुतामा आधारित चीन पाकिस्तान सम्बन्ध कुनै सैनिक गठबन्धनको स्तरभन्दा कम छैन।
एउटा क्षेत्रीय शक्तिबाट विश्व शक्तिको रूपमा चीनको उदयमा पाकिस्तान सुरुदेखि नै केन्द्रीय भूमिकामा रहेको छ। मध्य तथा दक्षिण एसियालगायत मध्यपूर्वदेखि पूर्वी एसियासम्म सडक, रेल, बन्दरगाह तथा ग्यास पाइपलाइनहरूको विस्तारमा मात्र नभएर एउटा जलशक्तिको रूपमा चीनको रणनीतिक लक्षहरूको प्राप्तिमा पाकिस्तानले केन्द्रीय भूमिका निर्वाह गरेको छ।
त्यसैगरी आफ्ना आर्थिक तथा रणनीतिक अभाव र आन्तरिक अस्थिरताविरुद्ध चीन पाकिस्तानको सबैभन्दा भरपर्दो मित्र, उसको सैन्य शक्तिको भर र कूटनीतिक संरक्षक पनि हो।भारत, अमेरिका र जापानबीचको बढ्दो रणनीतिक घनिष्टताबाट निर्माण हुने भूराजनीतिक दबाब सामना गर्न चीन र पाकिस्तान भविष्यमा अझै घनिष्ट हुँदै जानेछन्।
यो परिवेशमा भारत र चीनबीच असुविधाजनक भूगोलको बन्दी बनेको नेपालले आफ्नो भूराजनीतिक अवस्थितिअनुरूपको राजनीतिक प्रणाली विकास गरेर आफ्ना विदेश नीति र सुरक्षा प्रत्याभूतिका लागि तीक्ष्ण कूटनीतिक कौशल प्रदर्शन गर्नुपर्दछ, तर त्यस्तो कौशल पनि राजनीतिक प्रणालीको चरित्रले निर्धारण गर्दछ भनेर बुझ्न भने चुक्नु हुँदैन।
annapurnapost

काठमाडौं, १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिएको ज्ञापन–पत्रको भाषामा प्रारम्भीक सहमति जुटाएको छ ।
सद्भावना पार्टीको केन्द्रीय कार्यालय नयाँबानेश्वरमा बसेको सचिवालय बैठकले ज्ञापन–पत्रको भाषामा मोटामोटी सहमति जुटाएको हो ।
बैठकका विषयमा जानकारी दिँदै सद्भावना पार्टीका महासचिव मनीष सुमनले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली ज्यूलाई बुझाउने भनिएको ज्ञापनि पत्रको भाषा मिलाएका छौँ । सो विषयमा आ–आफ्नो पार्टीमा सरसल्लाह गरेर आउने सहमति भएको छ ।’
ज्ञापन–पत्र मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे मागको कार्यान्वयन, शहीदको दर्जा र क्षतिपूर्ति, घाइतेको उपचार, भूकम्पबाट घरबारबिहीन भएकाहरूलाई उचित बासको व्यवस्था, कालाबजारी नियन्त्रणलगायतका विषय राखेको छ । मधेस आन्दोलनका बेला मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्न माग गरिएपनि सरकारले बेवास्ता गर्दै आएको छ ।
सचिवालयको कार्यविधि र कार्यालय स्थापनाका विषयमा पनि छलफल गरेको मधेसी मोर्चाले होलीसम्मका लागि विभिन्न संघर्षका कार्यक्रम पनि तयार पारेको छ । तराई मधेस केन्द्रित संघर्षका कार्यक्रम सबै शान्तिपूर्ण हुने महासचिव सुमनले बताउनुभयो । कार्यदलको बैठक बुधबार पुनः बस्ने भएको छ ।
छ महिनादेखिको मधेस आन्दोलन निष्कर्षबिहीन हुन पुगेपछि मधेसी मोर्चाले नयाँ उर्जा र शक्तिका साथ आन्दोलनलाई माथि उठाउने उल्लेख गरेको छ ।
dainiknepal

१८ फागुन, काठमाडौं ।
अमेरिकाले आफ्ना नागरिकलाई नेपाल यात्रामा लागाएको ट्राभल एडभाइजरी वार्निङ हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार नेपालमा लगाइएको भ्रमण चेतावनी खारेज गरेको जानकारी दिएको हो ।
नेपालमा संविधान जारी भएपछि उत्पन्न नाकाबन्दी लगाएका परिस्थिति पछि अमेरिकाले गत असोज २१ मा आफ्ना नागरिकलाई नेपाल भ्रमणमा पालना गर्नु पर्ने एडभाइजरी वार्निङ जारी गरेको थियो।
अव भने अवस्था सामान्यीकरण भएको संकेत गर्दै अमेरिकाले यो चेतावनी हटाएको हो । यद्यपी अवस्था अनुसार यस्तो चेतावनी पुनः जारी हुन सक्ने अमेरिकाले जनाएको छ ।
केही दिन अघि मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका थिए ।
अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।
यस्तै अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले नेपालबाट आयात गरिएका सामाग्रीले अमेरिकी अर्थतन्त्रलाई नकारात्मक असर पार्ने, नपार्ने अध्ययन गरेपछि नेपालबाट निर्यातित सामाग्रीमा वैधानिक भन्सार छुट प्राप्त हुने छ ।nepaliheadlines

मंगलबार, १८ फागुन
पोखरा। पोखरामा जारी प्रि–वर्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा फेवातालमा डुबेका सबै प्याराग्लाइडर्सको सकुशल उद्धार गरिएको छ ।
सो प्रतियोगिताको १७ औं संस्करण को क्रममा ६ प्रतियोगीहरु डुबेका थिए । सबै प्रतियोगीहरुको सकुशल उद्दार गरिएको प्रहरी क्षेत्रीय कार्यालय पोखराले जनाएको हो ।
अकस्मात ठूलो बतास चलेपछि प्याराग्लाइड अनियन्त्रित हुँदै तालमा खसेको थियो ।
nepalsandesh

१८ फागुन,एजेन्सी। खाडी मुलुक ओमानबाट दुबई जाँदै गरेको एक बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने सोही संख्यामा यात्रुहरु घाइते भएका छन्। ओमान प्रहरीका अनुसार बस ट्रकसंग ठोक्किदाँ ठुलो दुर्घटना भएको हो। मंगलवार विहान इबरी भन्ने ठाउँमा दुर्घटना भएको हो।
उक्त बस गल्फ ट्रान्सपोर्ट कम्पनी अन्तर्गत सञ्चालित थियो। बस ओमानको शहर सलालहबाट दुबई जाँदै थियो। बसमा भएका यात्रुहरुका बारेमा जानकारी आईसकेको छैन्।
ओमान र दुबई दुबै ठाउँमा धेरै नेपालीहरु काम गर्दछन्।nepaliheadlines

पोखरामा ६ वटा प्याराग्लाइडिङ दुर्घटनामा पारेका छन्। ठुलो हावाहुरी आएपछि साराङकोटबाट उँडेका ६ पाराग्लाईडिङ चालक सहित फेवातालमा डुबेका छन्।
पोखरामा भइरहेको प्याराग्लाइडिङसम्बन्धी प्रिमियर वर्ल्डकपमा सहभागी हुन ३५ देशका १५० पाइलट यसमा सहभागी छन्। हाल उद्दार कार्य जारी रहेको छ। केहिको उद्धार गरिसकिएको खब
nepaliheadlinesर छ ।

खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।
जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ।
तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो।
विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ।
खानामा जीराको धूलो राख्नुको महत्व
जीरामा पाइने थाइमोल ( अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ। यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ।
मोटोपनाको समस्याको लागि जीराको दाना
तरिका १:
१ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।
तरिका २:
२ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।
तरिका ३:
१ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।
तरिका ४:
१ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।
तरिका ५:
थोरै शुद्ध र सफा पानीमा गाँजर, काउली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।
बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।
त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।
जीरा खानुका फाइदाहरूः
पाचनप्रक्रियामा सुधार ल्याउँदछ।
पाइल्सबाट राहत दिन्छ।
रुघाखोकीको समस्यालाई कम गराउँदछ।
मधुमेहबाट रोकथाम गराउँदछ।
स्तनपान गरिरहेका सुत्केरी महिलाहरूको दूध उत्पादन शक्ति बढाउँदछ।
शरीरमा भएका विषाक्तलाई फाल्ने काम गर्दछ।
तनाव र थकानबाट मुक्त गराउँदछ।
प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।