बाबुरामले संविधान रोक्न निकै प्रयास गरेको दाहालको खुलासा
काठमाडौं, फागुन १० । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाओवादीबाट फुटेर गएका मोहन वैद्य, नेत्रविक्रम चन्दलगायतका पार्टीहरुसँग छिट्टै पार्टी एकता हुने दाबी गरेका छन् ।एमाओवादी काठमाडौं जिल्ला समितिले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले विगतमा आफूहरु महत्वकांक्षी बनेकै कारण पार्टी अहिलेको अवस्थामा खुम्चनुपरेको भन्दै फुटेर गएकाहरुसँग एकता गरेर पार्टीलाई पहिलो नम्बरको बनाउने जिकिर गरे ।
दाहालले एमाओवादी पहिलो नम्बरको पार्टी नभएसम्म आफूले राष्ट्रपति र प्रधानमन्त्री पदको दाबीसमेत नगर्ने स्पस्ट पारे ।
डा. बाबुराम भट्टराईले नेता हुने रहरले पार्टी छोडेको भन्दै दाहालले ‘संविधान रोक्न पनि भट्टराईले निकै प्रयास गरेको’ दाबी गरे ।
उनले ‘भट्टराईको इसारामा अघि बढेको भए मुलुकमा संविधान नै आउँदैन थियो’–भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी खुल्यो भन्दै ढुक्कले भारत भ्रमणमा गएपनि अहिलेपनि परिस्थिति सहज नभएको उनको भनाइ थियो । -imagekhabar
0 comments
Write Down Your Responses