नेपाललाई छ महिनामा होईन, तीन महिनामै ६०० मेगावाट विद्युत दिन्छौँ: भारत
काठमाण्डु, १० फागुन– भारतका उर्जा राज्यमन्त्री पियूस गोयलले नेपालको उर्जा संकट समाधान गर्न ६ महिनामा होईन तीन महिनाभित्रै ६०० मेगावाट विद्युत दिन तयार रहेको बताएका छन् ।सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तामा उनले तत्काल प्रशारण लाईनको क्षमता बढाएर नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
उनले भारतीय कम्पनीहरुले निर्माण गर्न लागेको माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजना तत्काल अघि बढाउने भन्दै उनीहरुलाई समय तोकेर नै निर्माण कार्य अघि बढाउन निर्देशन दिनेसमेत बताए ।
उनले पञ्चेश्वर जलविद्युृत आयोजना पनि अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
गोयलले जलविद्युतको क्षेत्रमा नेपालसँग मिलेर काम गर्न तयार रहेको समेत भेटवार्तामा स्पष्ट पारेका थिए ।
kathmandutoday
0 comments
Write Down Your Responses