खुसीको खबरः अमेरिकाले गर्यो नेपालीलाई पत्याउनै गाह्रो पर्ने निर्णय
काठमाण्डु, १३ फागुन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई विशेष व्यापार ग्राह्यता प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका छन् ।

गत वैशाखमा गएको भूकम्पका कारण नेपाललाई आर्थिक विकासमा सघाउने भन्दै अमेरिकाले नेपालको व्यापार कार्यक्रमलाई १० वर्षका लागि स्वीकृति दिएको हो ।
सो कानुनमा हस्ताक्षर भएसँगै अब गलैैचा तथा गार्मेन्टसहित ६६ प्रकारका नेपाली सामाग्रीमा भन्सार छुट हुने अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
कानुनमा हस्ताक्षर भएसँगै नेपालले अमेरिकामा आफ्नो उत्पादनको निर्यात बढाउने सुनौलो अवसर पाएको छ
kathmandutoday
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses