विमान दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये २० जनाको शव ल्याइयो
पोखरा, फागुन १३ । तारा एयर दुर्घटनामा परी मृत्यु भएकाहरुमध्ये २० जनाको शव पोखरा ल्याइएको छ ।डाइनेष्टिकको हेलिकप्टर मार्फत मृतकहरको शव पोखरा ल्याइएको हो । जसमा तीन जनाको शव भने घटनास्थलमै आफन्तलाई बुझाइएको छ ।
मुस्ताङकी विनिता भट्टचन, उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको शव पहिचान गरी आफन्तले घटनास्थलमै बुझेका हुन् ।
उनिहरुको शव मुस्ताङमै पोष्टमार्टम गरिने छ । पोखरा ल्याइएका शवहरु पनि पोष्टमार्टम गरेर मात्र आफन्लाई बुझाइने कास्कीका प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र कुमार पोखरेल बताउँछन् ।
संकलित शवमध्ये विमानका वरिष्ठ पाइलट रोशन मानन्धर, मुस्ताङकी विनिता भट्टचन, उनकी साढे २ वर्षीया छोरी र कृष्णलाल भट्टचनको मात्र पहिचान हुने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
संकलित सबै शवहरुको अधिकांश भाग जलेको अवस्थामा रहेको छ । संकलित शवमध्ये तीन वटा शव टुक्राटुक्रा भएको अवस्थामा फेला परेका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मृतकका आफन्तले उद्धारमा सहयोग गरेका थिए ।
पोखरा विमानस्थलमा मृतकका आफन्त र सर्वसाधारणको ठूलो भिड लागेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको दाना गाविस–१ स्थित सोलीघोप्टे भीरमा हिजो दुर्घटना हुँदा विमानमा रहेका सबै २३ जनाको मृत्यु भएको थियो ।
imagekhabar
0 comments
Write Down Your Responses