विमान दुर्घटना हुनुअघि तारा एयरका वरिष्ठ पाइलटले के भनेका थिए ?
काठमाडौं, १२ फागुन । आज विहानैदेखि हराएको तारा एयरको विमानका एक जना वरिष्ठ पाइलटले बोलेको अन्तिम शब्द सार्वजनिक भएको छ ।पोखराबाट जोमसोमका लागि उड्ने क्रममा हराएको तारा एयरको विमानका वरिष्ठ पाइलट रोशन मानन्धरले अन्तिम पटक ‘फेरि भेटौला गुड डे’ भनेको रेकर्ड पोखरामा विमानस्थलमा रहेको पाइएको छ ।
विमानस्थलको राडारले अन्तिम रेकर्ड गरेको उनको सन्देशमा उनले शुभ दिन फेरि भेटौंला भनेका थिए ।
बिहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क भएको थियो । जहाजमा २३ जना यात्रु सवार थिए ।
dainiknepal
0 comments
Write Down Your Responses