संविधान नेपालको महत्वपूर्ण उपलब्धी: मोदी
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानको सफलता नेपालका दलहरुबीचको संवाद र सहमतिमा निर्भर हुने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिल्लीस्थित हैदरवाद हाउसमा भएको भेटवार्तापछिको पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालले पछिल्लो दशमा शान्ति, संविधान र संघीयतामा गरेको प्रगतिबाट आफू खुसी भएको बताए ।
‘पछिल्लो केही सालमा लोकतन्त्र र संघीयतामा नेपालले ठूलो प्रगति गरेको छ । नेपालको संविधानको रचना र उसका घोषण एक महत्वपूर्ण प्रगति हो’, मोदीले भने, ‘यसको निर्माणमा योगदान दिएका राजनीतिक नेतृत्व र समाजका सबैको अभिनन्दन गर्दछु । यो संविधानको सफलता सहमति र संवादमा निर्भर हुनेछ ।’
संविधान निर्माणमा नेतृत्वदायी योगदान दिएका कांग्रेसका दिवंगत सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालालई शुरुमै स्मरण गरेका मोदीले नेपालका नागरिकको आफूहरुले सदैव सम्मान गरेको
बताए ।
६ महिना लामो नाकाबन्दी लाएपछि ओलीलाई बोलाएका मोदीले भारत र नेपाल दुई सम्प्रभु राष्ट्र भएको पनि उल्लेख गर्न चुकेनन् ।
नेपाल र भारतको मित्रता एकदमै घनिष्ठ रहेको उनको जिकिर थियो । ‘हिमालयको अखण्डता र गंगाको पवित्रता हाम्रो मित्रताका साक्षी हुन् । खुला सीमानाले पनि हाम्रो मित्रत कति घनिष्ठ रहेछ भन्ने परिभाषित गर्दछ’, उनले भने, ‘नेपालको विकास तथा सम्पन्नतामा भारतको स्थायी रुची छ । हामीले हाम्रो संयुक्त प्रगतिबारेमा गम्भीर वार्ता गरेका छौं ।’
annapurnapost
0 comments
Write Down Your Responses