प्रधानमन्त्री ओली र मोदीले संयुक्त पत्रकार सम्मेलनमा के भने ?
काठमाडौं, फागुन ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ संविधान महत्वपूर्ण उपलब्धि भएको बताउँदै सबै पक्षलाई समेटर प्रगति गर्न सुझाव दिएका छन् ।नयाँदिल्लीमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारतको नेपालप्रति सधैं असल भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकको भावनालाई भारतले सम्मान गर्ने बताए ।
दुई देशको साझा उद्देश्य विकास भएको भन्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग दुई देशको सम्बन्ध विस्तारबारे कुरा भएको बताए ।
नेपालको जलविद्युत् नेपालका लागिमात्रै नभएर भारतको उर्जासंकट समाधान गर्नसक्ने भन्दै मोदीले त्यसका लागि मिलेर काम भैरहेका उल्लेख गरे ।
मोदीले प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको स्पस्ट पारे । मोदीले आफू र आफ्नो देशले नेपाली नागरिकको भावनाको सधैं सम्मान गरेको बताए ।
सम्बोधनका क्रममा मोदीले स्वर्गीय पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाप्रति सम्मानसमेत व्यक्त गरे ।
तर, मोदीले नेपालमा संविधान जारी भएपछि भारतले असन्तुष्टि जाहेर गर्दै नेपालविरुद्ध गरेको अघोषित नाकाबन्दीका विषयमा भने कुनै कुरा उल्लेख गरेनन् ।imagekhabar
0 comments
Write Down Your Responses