४० मिनेट मोदी र ओली भेटवार्तापछि संयुक्त बैठक जारी
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भेटवार्ता भएको छ ।हैदरावाद हाउसमा करीब ४० मिनेट मोदी र ओली बिच छलफल भएको थियो ।
उक्त भेटवार्तामा नेपाल भारतबीचको सम्बन्ध विस्तारमा केन्द्रित भएर वार्ता भएकोे भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले
जानकारी दिएका छन । भेटवार्ता पछि दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा संयुक्त बैठक जारी रहेको छ ।
nepalsandesh
0 comments
Write Down Your Responses