ओलीलाई ८० मेगावाट बिजुली उपहार, लोडसेडिङ घट्ने
काठमाडौं: भारतले नेपाललाई ८० मेगावाट थप बिजुली दिएको छ । दिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमनन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा भारतले ८० मेगावाट बिजुली दिएको हो ।यो बिजुली आउने मुज्जफरबाद ढल्केबर प्रसारण लाइनको ओली र मोदीले स्वीच अन गरेर संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
भर्खरै निर्माण पुरा भएको यो प्रसारण लाइनबाट नेपालमा परीक्षणका रुपमा १५ मेगावाटमात्र बिजुली आइरहेको थियो ।
भारतबाट आजैदेखि ८० मेगावाट बिजुली थपिएपछि नेपालमा हाल जारी लोडसेडिङ दुई घन्टा घट्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
annapurnapost
0 comments
Write Down Your Responses